एनआरएन अमेरीकाको बोर्ड बैठकको निर्णयमा आइसीसीको समर्थन
Monday, March 27th, 2017, 9:48 am
amit
अष्टिन / टेक्सास
गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाको बोर्ड बैठकले गरेका निर्णयहरुको गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद आइसीसीले स्वागत तथा समर्थन गरेको छ ।
आइतवार एनआरएन एनसीसी र आइसीसीका पदाधीकारीहरुको संयुक्त बैठकमा आइसीसीका अमेरीकाज क्षेत्र संयोजक सोनाम लामाले सदस्य संख्या ऐतिहासिक भएकोमा बधाई दिंदै खुसी व्यक्त गरेको बताइएको छ । सो अवसरमा संयोजक लामाले एनआरएन अमेरीकाको न्यायिक समितले गरेका बिबादास्पद निर्णय प्रति दुख व्यक्त गर्दै निर्णय सच्याउन एनआरएन अमेरीकाको बोर्ड बैठकले गरेको आग्रहप्रती खुसी व्यक्त गरेको एनआरएन अमेरीकाका सचिव शंकर खड्काले बताउनुभयो ।
एनआरएन अमेरीकाको बोर्ड बैठकको निर्णयमाथी आइसीसीले समर्थन गरेको बैठकमा संयोजक लामाले बताएको सचिव खड्काले बताउनभयो । यस्तै बैठकमा बोल्दै आइसीसीका क्षेत्रीय उपसंयोजक ए सी शेर्पाले एनआरएन अमेरीकाको बोर्ड बैठकले गरेका निर्णयहरुमाथी न्यायिक समितीले बन्देज लगाउनु अपरिपक्क निर्णय भएको भन्दै यसले एनआरएनलाई उंधो गतीमा लैजाने बताउनुभएको थियो । बैठकमा बोल्ने अन्य आइसीसीका सदस्यहरुले पनि न्यायिक समितीले आफ्नो निर्णय सच्याउनु पर्नेमा जोड दिएका थिए ।
न्यायिक समितीको निर्णय सच्चिएर नआए बिशेष साधारण सभा बोलाएर यो न्यायिक समिती खारेज गरेर अर्को समिती बनाउनुपर्नेमा सबैको एकमत रहेको बताइएको छ । न्यायिक समितीले केही दिन पहिले एनआरएनको बोर्ड बैठकले थप गरेको समयमा बनेका करिब ३ हजार सदस्यले मताधिकार नपाउने तथा सदस्यता भेरिफीकेशन समितीका सदस्य सिपी पौडेल र प्रमोद सिटौलालाई काम गर्न नदिन निर्देशन दिएपछि आइतबार आइसीसीका पदाधीकारी र एनसीसीका पदाधीकारी बीच संयुक्त बैठक बसेको हो ।
आइतबारको संयुक्त बैठकमा आइसीसी अमेरिकाज क्षेत्रका संयोजक लामा, उप संयोजक शेर्पा लगायत सदस्य डा। बिनोद शाह, दिल श्रेष्ठ र नारायण गरुङको सहभागीता थियो । बैठकमा बोल्दै एनआरएन अमेरीकाका अध्यक्ष डा। केशव पौडेलले आइसीसीको सल्लाह तथा एनआरएनका सदस्यहरुको इच्छा र भावना अनुसार अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । एनआरएन अमेरीकाका सचिव शंकर खड्काले सहजिकरण गरेको बैठकमा बोर्ड अफ डाइरेक्टर तथा भेरिफिकेशन समिती सदस्य बिनोद कुमार तिवारीले एनआरएन अमेरीका बोर्ड बैठकका निर्णयहरु बारे आइसीसीका पदाधीकारीलाई जानकारी गराउनुभएको थियो ।