खजुराको वडा नम्बर २ मा कांग्रेस– माओवादीको घरदैलो अभियान सुरु
Sunday, May 1st, 2022, 4:38 pm
Kalpristha
नेपाली कांग्रेस नेकपा माओवादी संयुक्त वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारले खजुरा गाउँपालिकाको वडा नम्बर २ मा घरदैलो कार्यक्रमको सुरुआत गरेका छन ।
आइतबार विहान खजुरा गाउँपालिका २ सि गाउँबाट घरदैलो अभियानको सुरुआत गरिएको छ । घरदैलो अभियानमा खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, २ नम्बर वडा अध्यक्ष धनराम ओली, वडा सदस्यहरु छवि विष्ट, वबिलाल सेन्चुरी(सुनार), प्रभा विक र मैसरी पुन सहितको टोलीले अभियानको सूरुआत गरेको हो । घरदैलो अभियानमा ५ सय भन्दा बढी नेपाली कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ता, शुभचिन्तक, स्थानीयहरुहको उत्साह जनक रुपमा सहभागिता रहेको थियो । घरदैलो अभियानमा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै खजुराका जनताको आयस्तरलाई बढाउन आफुहरुले काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
खजुरा गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन । खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीका डम्बर विक तुफान तथा उपाध्यक्षमा कांग्रेसकी मञ्जु मल्ल उम्मेदवार रहेकी छिन ।
खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले गाउँपालिकामा भएका ८ वडा मध्ये ४ वडा स्तरमा गठबन्धन गरेको छ । वडा नम्बर १ र ३ मा कांग्रेसले वडा अध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादीका उम्मेदवारले वडा अध्यक्ष पाएका छन । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा रहेको छ ।