विष्टलाई स्वयम्सेविकाको समर्थन
Sunday, May 1st, 2022, 8:30 pm
Kalpristha
नेपालगन्जका महिला स्वास्थ्य स्वयमसेविकाहरुले काँग्रेस र जसपाबीचको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखलाई सहयोगको प्रतिबद्धता जनाएका छन् ।
नेपालगन्जमा आयोजित महिला स्वास्थ्य स्वयमसेविकासँगको अन्तरक्रियामा उनीहरुले नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइलाई सहयोगको प्रतिबद्धता जनाएका हुन् । महिला स्वास्थ्य स्वयम सेविकाहरुले आफुहरुले झेल्दै आएका समस्या समेत उम्मेदवारहरुमाझ राखेका थिए ।
त्यसक्रममा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयमसेविकाहरुले घरघरमा पुगेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गरे । उनले महिला स्वास्थ्य स्वयम्सेविकाहरुका समस्याप्रति आफू गम्भीर रहेको भन्दै विजयी भए ती समस्यालाई सम्वोधन गरिने बताए ।
यस्तै उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइले स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वयमसेविकाहरुको सेवा सुविधालाई बढाउनुको विकल्प नभएको बताए । उनले उपप्रमुख पदमा निर्वाचित भए महिला स्वास्थ्य स्वयमसेविकाहरुको समस्या समाधानको प्रतिबद्धता जनाए ।