‘जितको संघारमा छु’
Sunday, May 1st, 2022, 9:49 pm
Kalpristha
उम्मेदवारलाई ५ प्रश्न
नर बहादुर विष्ट
वडा अध्यक्षका उम्मेदवार : नेपालगन्ज उप–महानगरपालिका–१०
नेपालगन्ज उप–महानरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार नर बहादुर बिष्टको चुनावी गतिविधि तीव्र्र भएको छ । यसअघि नेपालगन्ज उप–महानगरपालिकाको वडासदस्यमा निर्वाचित भएर ५ वर्षको कार्यकाल पूरा गरेका विष्टको चुनावी माहोल तात्तिएको छ । उमेदवारलाई ५ प्रश्नमा बिष्टसँग गरिएको कुराकानी ।
तपाईको उम्मेदवारी किन ?
वडा नम्बर १० को शिक्षा,स्वास्थ्य र पूर्वाधारको विकास गर्नका लागि मेरो उम्मेदवारी आवश्यक छ । यसभन्दा पहिला वडासदस्यमा रहेर काम गर्दै गर्दा अधुरा रहेका कामहरुलाई पूर्णता दिने मेरो प्रतिबद्धता रहेको छ । स्थानीयको आवश्यकता पूर्ति गर्नकालागि मेरो आवश्यकता वडा नम्बर १० मा रहेको हो ।
वडा नम्बर १० मा देखिएका विकासका सम्भावना के–के रहेका छन् ?
वडा नम्बर १० मा प्रचुर मात्रामा शिक्षा र स्वास्थ्यको सम्भावना रहेको छ । औद्योगिक क्षेत्र पनि यही भएकाले रोजगारीको पनि राम्रो सम्भावना रहेको छ । सडक पूर्वाधारको पनि विकास हँुदै गएको छ । यहाँको विकासका ढोकाहरु खुलाउन सकिन्छ ।
तपाईप्रति मतदाताको अपेक्षा के देख्नु हुन्छ ?
जनताको पहिलो प्राथमिकता बाटो र नाली रहेको । सबै ठाउँमा व्यक्तिको व्यवस्था हुनुपर्छ भन्ने कुरामा आम मतादाताहरुले माग गरेका छन् । सबै स्थानमा खानेपानी नपुगेकाले मतादाताहरुले खानेपानीको व्यवस्था हुनुपर्ने माग राखेका छन् । यसका साथै शिक्षा र स्वास्थ्यमा सहज पहुँचको पनि मतदाताले माग गरेका छन् ।
चुनावी उत्साह कस्तो रहेको छ ?
जनताले दिएको साथ र समर्थनले मनमा उत्साह थपिएको छ । ५ वर्षको अन्तरालमा जुन किसिमको मैले काम गर्न सके त्यसले मलाई अझै राम्रो गर्न सक्छु भन्ने प्रेरणा दिएको छ ।
तपाईको राजनीतिक यात्रा ?
२०२६ सालदेखि राजनीतिमा प्रवेश गरेको हुँ । जतिबेला म कक्षा ६ मा पढ्ने गर्थे । २०४० सालमा एस.एल.सी पास भएर अध्ययनको लागि नेपालगन्ज आए । त्यसपछि २०४३ सालसम्म नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघबाट राजनीति सुरु गरे । आइ एलसम्मको अध्ययन गरेको छु । त्यसपछि २५ वर्ष नेपाल प्रहरीमा सरकारी जागिर गरेँ । २०७० देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरे । त्यसपछि म वडा नागरिक मंचलगायतका समूहहरुमा नेतृत्व दिँदै अगाडि बढँे । अहिले नेपाली कांग्रेसको क्षेत्रीय सदस्यका रुपमा पनि परिचित छु । २०४० देखि मेरो बसोबास नेपालगन्जमै रहेको छ ।