ठूलो परिमाणमा सुन पक्राउ
Tuesday, May 3rd, 2022, 2:52 pm
Kalpristha
बाँके प्रहरीले ठूलो मात्रामा सुनसहित एकजनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले आइतबार बेलुुकी ६ बजे खजुरा गाउँपालिका–२, एल गाउँबाट ६२ लाख रुपैयाँको सुनका गरगहना फेला पारेको हो ।
प्रहरीले बझाङ जिल्ला जय पृथ्वी नगरपालिका–१, पिमी कैलाश बस्ने २८ वर्षीया अशोक बहादुर सिंहलाई सुनसहित पक्राउ गरेको हो । एल गाउँमा ईप्रका धनौली र प्रहरी चौकी राधापुरको संयुक्त प्रहरी टोली सिँहलाई पक्राउ गरेको हो ।
प्रहरीलाई देखेपछि भाग्न खोजेका सिंहलाई पक्राउ गरी चेकजाच गर्ने क्रममा निजले साथमा रहेको कालो रङ्गकोझोलाबाट सुनहरु बरामद गरिएको हो ।
प्रहरीले सिंहको साथबाट सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित विभिन्न प्रकारका सुनाका गहना फेला पारेको बाँके प्रहरीले जनाएको छ ।
सिंहबाट बरामद गरिएको सुनको तौल ८ सय २ ग्राम ७३ मिलि ग्राम रहेको छ ।
अन्दाजी मुल्य रु ६२ लाख बराबरको गर गहना फेला पारी रित पुर्बक बरामद गरी आवश्यक अनुसन्धान अघि बढाईएको ।
जिल्ला प्रहरीका अनुसार उक्त सुन चोरी गरी ल्याइएको अनुसन्धानबाट खुल्न आएका हो । वैशाख ०४ गते भारतको ब्याङ्लोर स्थित सुन पसलबाट उक्त सुन चोरी भएको थियो ।
बाँके प्रहरीले भारतिय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।
प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न व्यक्ति पक्राउ नपरेको हुँदा मालसमान धनिहरुको नाम गोप्य राखिएको छ ।