एनआरएन अमेरीका : बखेडा झिक्नेहरुलाई अर्को झट्का, न्यायिक समिती पछि हट्यो, सबैले मताधिकार पाउने
Wednesday, April 5th, 2017, 5:22 am
amit
अमेरीका- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकालाई संधै बिबादित बनाउन खोज्ने एउटा झुण्डलाई अर्को झट्का लागेको छ ।
मंगलवार बिहान मात्रै टेनिसी अदालतले बर्तमान कार्यसमितीको पक्षमा फैसला गरेपछि निरास बनेको सो झुण्डलाई एनआरएन अमेरीकाको न्यायिक समितीले गरेको निर्णयले अर्को झट्का लागेको हो ।
एनआरएन अमेरीकाको कार्यसमितीले सदस्य बन्ने समय थप गरेको बेला बनेका सदस्यहरुले मताधिकार पाउन नहुने जिकिर सहित न्यायिक समिती सम्म पुगेको सो समुह मंगलवार न्यायिक समितीले सदस्य बनेका सबैले मताधिकार पाउने निर्णय गरेपछि जिल्लिएको छ ।
एनआरएन अमेरीकाको कार्यसमितीको बहुमतले सदस्य बन्ने समय थप गर्दा करिब ३ हजारको हाराहारीमा सदस्य बनेका थिए ती सदस्यले मताधिकार नपाउने न्यायिक समितीको प्रारम्भिक निर्णय प्रती व्यापक बिरोध भएको थियो । एनआरएन कार्यसमितीले न्यायिक समितीले सो निर्णय नसच्याए बिशेष साधारण सभा गरेर भएपनि न्यायिक समिती खारेज गर्ने सम्मको निर्णय गरेपछि न्यायिक समितीले आफ्नो निर्णय उल्ट्याउंदै सबैले मताधिकार पाउने निर्णय गरेको हो ।
एनआरएन अमेरीकाको न्यायिक समितीमा गिरिजा गौतम, यज्ञ नेपाल र दुर्गा भुर्तेल छन् ।
अदालत बर्तमान कार्यसमितीको पक्षमा उभिएको र न्यायिक समितीले पनि आफ्नो निर्णय सच्याए पछि एनआरएन अमेरीकालाई अव निर्वाचनमा होमिन बाटो खुल्ला भएको छ । एनआरएन अमेरीकाले अव सदस्यता भेरीफाई गरेर मतदानमा भाग लिन योग्यहरुको नामावली सार्वजनिक गर्नेछ ।