उपलब्धी रक्षाका लागि गठबन्धन: प्रधानमन्त्री देउवा
Sunday, May 8th, 2022, 9:29 pm
Kalpristha
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको संघर्ष र त्यागबाट प्राप्ती उपलब्धीको रक्षाका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन् । पाँच दलिय गठबन्धनले दाङको घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले चुनाव जितेको खण्डमा मात्रै उपलब्धीको रक्षा हुन सक्ने बताएका हुन् ।
नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधामन्त्री देउवाले आज उपलब्धी बचाउने कि नबचाउने भन्ने महत्वपूर्ण प्रश्न खडा भएको भन्दै उपलब्धी बचाउनका लागि गठबन्धनलाई निर्वाचनमा जिताउन समेत जनतासँग आग्रह गरे । निर्वाचनमा गठबन्धनले हारेमा गणतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्वलगायतका उपलव्धी संकटमा पर्ने भन्दै उपलव्धी रक्षाका लागि गठबन्धनलाई जिताउन आग्रह गरे । ‘गणतन्त्र, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धीको रक्षाका लागि निर्वाचनमा गठबन्धनले जित्न आवश्यक छ’, प्रधानमन्त्री देउवाले भने,‘गठबन्धनले चुनाव हार्ने हो भने उपलब्धीहरु खतरामा पर्न सक्छन । त्यसैले मतदान गर्दा सोचेर गर्नुहोला ?’
प्रधानमन्त्री देउवाले गठबन्धन अहिलेको आवश्यकता रहेको भन्दै गठबन्धनलाई दिर्घकालिन रुपमा लग्ने गरी सोच्न सवैलाई आग्रह गरे । देश संकटमा परेको समयमा देशलाई बचाउनका लागि पाँच दलिय गठबन्धन बनेको भन्दै गणतन्त्र,संघीयतालगायतका उपलब्धीको स्थायित्वका लागि गठबन्धन अझै केही बर्ष आवश्यक रहेको धारना राखेका हुन । ‘गणतन्त्र, संघीययतालगायतका उपलव्धीहरुको स्थायित्वसँगै देशको विकासका लागि गठबन्धनलाई दिर्घकालिन रुपमा अघि बढाउन आवश्यक छ ।
प्रधानमन्त्री देउवाले केपी शर्मा ओली एक तन्त्रीयवादी भएको भन्दै उनले कसैको गुनासो सुन्न नसक्ने बताए ।
संसदमा उहाँको बारेमा कुरा उठाउँदा संविधानले कल्पनै नगरेको संविधान दुई पटक विघटन गरेर देशलाई संकटमा लग्ने काम गरेको आरोप लगानुभएको थियो ।
विकास र समृद्विका लागि गठबन्धन: प्रचण्ड
यसैविच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्विका लागि पाँच दलीय गठबन्धन आवश्यकता रहेको बताएका छन् । चुनवी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगनमलाई परास्त गर्न गर्दै देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा विकास गर्नका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका हुन ।
उनले शान्ति स्थापनादेखि अहिलेसम्म नेपाली कांग्रेससंग मित्रवत सम्बन्ध कायमै रहेको भन्दै अव प्राप्त उपलव्धीहरुको रक्षका लागि समेत गठबन्धनकामार्पmत अघि बढेको बताए । ‘नेपाली कांग्रेस र माओवादीको सम्वन्धन अहिलेको होइन । शान्ति स्थापनादेखि नै हुदै आएको छ’,उनले भने,‘यो सम्वन्ध अझै धेरै बर्ष हुन सक्छ । त्यसका लागि तपाईहरुले पनि निर्वाचनमा मतदान गरेर साथ दिन आवश्यक छ ।’
उनले उपमहानगरपालिकामा मात्रै नभई १९ वटै वडामा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि कार्यकर्ता, मतदाताहरुलाई आग्रह गरेका थिए । उनले अहिलेको निर्वाचन प्रतिगमनधर पक्ष र प्रतिगमन विरोधी पक्षविचको जनमत संग्रह भएको बताए । ‘यो स्थानीय तह निर्वाचन निर्वाचन मात्रै होइन । प्रतिगमन र प्रतिगमन विराधी पक्षविचको जनमत संग्रहपनि हो’,प्रचण्डले भने,‘जनताले अग्रमणन रोज्ने र प्रश्चगमन । त्यो बैशाख ३० गते थाहा हुन्छ ।’
नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंङ भारतीको अध्यक्षतामा भएको सभामा बोल्ने वक्ताहरुले देशको विकास, समृद्धि र सुसशानका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनको सरकार रहेको भन्दै गठबन्धनलाई मतदान गरेर स्थानीय तहदेखि केन्द्रसम्म बलियो सरकार बनाउन जनतालाई आग्रह गरेका थिए ।
कार्यक्रममा राष्ट्रियसभाका मुख्य सचेतक अनिता देवकोटा, नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्मा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं संविधानसभा सदस्य राजु खनाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतलगायतले चुनावी सभालाई सम्बोधन गरेका थिए । कार्यक्रममा हास्य कलाकार कमल गाउँलेले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्दै प्रस्तुती देखाएका थिए । कार्यक्रमको सहजीकरण नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्यले गरेका थिए ।