जानकीमा कांग्रेसको शक्ति पर्दशन
Monday, May 9th, 2022, 8:16 pm
Kalpristha
बाँकेको जानकी गाउँपालिका मधेसी समुदाय बढी भएको पालिका हो । जहा बैशाख ३० गते हुने स्थानीय चुनावका लागि सबै दलहरुले कडा चुनावी प्रचार प्रसार गरिरहेका छन् ।
जानकीमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छब्बन खाँ र उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी रामप्यारी यादवको प्रभाव राम्रै देखिन्छ । पाँच वर्र्ष स्थानीय सरकारबाट बाहिर रहेर जनतासँग घुलमिल भएको कांग्रेसका उम्मेदवारहरु चुनावी माहोल आफ्नै पक्षमा रहेको बताउँछन् ।
पालिकामा रहेका सबै वडाको घर–घरमा चुनावी प्रचारका लागि कांग्रेस उम्मेदवार पुगिसकेका छन् । जानकीवासीसँग उनीहरुका समस्यालाई पनि पूरा गर्ने प्रतिवद्धता जनाउँदै कांग्रेसलाई बहुमतले जिताउन खाँ र यादवले अपिल गरेका थिए ।
चुनावका लागि ४ दिन बाँकी रहँदा सोमबार नेपाली कांग्रेसका उम्मेदवारहरुले पालिकामा शक्ति प्रर्दशन गरेको छन् । मोटरसाइकल, रिक्सा, गाडीसहित कांग्रेस उम्मेदवारहरुले पालिकाभरि शक्ति पर्दशन गरेका हुन् ।
अध्यक्ष उम्मेदवार खाँले यो शक्ति प्रदर्शन नभई जितको सुरुवात भएको बताए । उनले योपटक कांग्रेसलाई जिताउन जानकीवासी आफैं लागि परेको र शक्ति पर्दशनमा जनताको ठूलो सहभागिता रहको बताए ।
उपाध्यक्षकी उम्मेदवार यादवले कांग्रेसलाई जानकीमा कुनै पनि पार्टीले हराउन नसक्ने बताइन् । उनले जनताको घर–घरमा पुग्ने क्रममा जनताले जानकीको विकासका लागि कांग्रेसले नै जित्नु पर्ने बताउँदै आएको बताइन् ।
सोमबार शक्ति पर्दशनका क्रममा ५ सयको हारहारीमा स्थानीय, कांग्रेस कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उनीहरुले जानकी गाउँपालिकाको ६ वटै वडामा शक्ति पर्दशन गरेको छन् ।