मध्यपश्चिम क्रिकेट क्लबका खेलाडीहरु काठमाण्डौ प्रस्थान
Monday, April 10th, 2017, 7:27 pm
amit
संगिन शर्मा
कोहलपुर- मध्यपश्चिम क्रिकेट क्लबले आप्mना खेलाडीहरुलाई बिदाई गरेकोे छ ।
काठमाण्डौमा संचालन भईरहेको नेक्सस यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सोमबार एक कार्यक्रमका बिच बिदाई गरिएको हो । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्री लगाएतले खेलाडीहरुलाई विदाई गरेका थिए । विदाई कार्यक्रममा बोल्दै कोहलपुर नगरका मेयर पदका दावेदार समेत रहेका न्यौपानेले खेल क्षेत्रको बिकास अपरिहार्य रहेको जिकिर गरेका थिए ।
उनले खेलकुदका माध्यमबाट राष्ट्रिय एकता कायम हुनुका अलावा अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचान स्थापीत हुने भएकाले राज्यले खेलक्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कोहलपुरस्थित क्रिकेट मैदान निर्माणका लागि आफुले लिएको भावि योजना समेत प्स्तुत गरेका थिए ।
खेलमैदान सँगै रहेर बग्ने डुडुवा नालाको दुबैतर्फ साईकिलिङ जोन निर्माण गरेर पर्यटनको केन्द्र बनाउन सकिने जिकिर गर्दै न्यौपानेले क्रिकेट मैदान निर्माण भएको खण्डामा यस क्षेत्रकै समग्र विकास हुने दाबी गरे । खेलमैदान क्षेत्र निर्धारणका लागि बिगतमा धेरै मिहेनत गर्नुपरेको स्मरण गर्दै न्यौपानेले यथासिघ्र मैदान निर्माण गरि क्रिकेट खेललाई ब्यवस्थित गर्न आफु निरन्तर लागिपर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । बिदाई कार्यक्रममै बोल्दै पूर्व राष्ट्रिय कप्तान लेख बहादुर क्षेत्रीले जतिसक्दो छिटो मैदान निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यस क्षेत्रको शानको रुपमा रहेको क्रिकेट मैदान निर्माण भएको खण्डमा अन्तरािष्ट्रय स्तरका खेलाडीहरु उत्पादनका लागि आफुहरु सक्षम रहेको जिकिर गर्दै क्षेत्रीले त्यसका लागि पूर्वाधार आवश्यक रहेको बताएका थिए । प्रतियोगितामा सहभागिता जनाउनका लागि मध्यपश्चिमको टोली सोमबार नै काठमाण्डौ तर्फ प्रस्थान गरेको छ ।
प्रतियोगितामा सहभागी हुन दिपेन्द्र रावतको नेतृत्वमा १८ सदस्यीय टिम काठमाण्डौं प्रस्थान गरेको क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए । टिममा लभकुश यादव, प्रविण बम, कालिमुद्धिन खान, यश हमाल, शदाब अन्सारी, हिमाल खड्का, भरत ओली, सौगात रानाभाट, सन्दिप नेपाली, अनुराग ओली, शिव खत्री, विशाल के.सी., आयुष बस्नेत, आसुतोष पौड्याल, आयुष्मान बस्नेत, युवराज शर्मा र बिनोद भट्टराई सहभागी छन ।
टिम ब्यवस्थापक होमेन्द्र क्षेत्री तथा टिम प्रशिक्षक नितेष विष्ट पनि सोमबार नै काठमाण्डौ तर्फ प्रस्थान गरेको थापाले जानकारी दिए ।