दाङमा चुनावी प्रचार सम्पन्न
Saturday, May 14th, 2022, 9:54 pm
Kalpristha
उम्मेदवारको निधनपछि रोकिएको तुलसीपुर—१७ मा चुनावी अभियान तीब्र भएको छ । पाँच दलिय गठवन्धनले शनिबार तुलसीपुर उपमहानगरपालिका—१७ का विभिन्न टोलटोलमा चुनावी अभियान सम्पन्न गरेको छ ।
मानपुर बजारमा आयोजित कोणसभामा स्थानीयबासीहरुले उहिले राप्ती अन्चलमै चर्चामा रहेको मानपुर सुनसान र उडाड बन्दै गएको बताउंदै मानपुरलाई पुनःजिवन्त बनाउन उम्मेदवारहरुलाइ आग्रह गरेका थिए ।
स्थानीयवासीको आग्रह सुनेपछि तुलसीपुर उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले मानपुरको मुहार फेर्न आफुले चुनाव जितेपछि अर्थपूर्ण पहल गर्ने मतदातामाझ प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोणसभालाइ सम्वोधनगर्दै नेता गिरीले राप्ती अन्चलकै व्यापारीक ट्रान्जिटका रुपमा रहेको मानपुरलाइ कम्तिमा पनि पुनः अस्तीत्वमा ल्याउन यहाँंको पन्चेधारा संरक्षण, यहांँका भुइयारथानहरुको पुर्ननिर्माण एवं जिर्णोद्धार तथा यस क्षेत्रको सहज एवं पक्कि सडकको पहुच बढाउन आफुले पहल गर्ने बताएका थिए । साथै यहाँंको ऐतिहासीक पृष्ठभुमि बोकेको शिवमन्दीर र पन्चेधारालाइ ऐतिहासीक पर्यटकिय क्षेत्रका रुपमा विकाश गर्न पनि पहल गर्ने आश्वासन दिए । उहिले आपूmले पनि मानपुर बजारमा रामलिला हेर्न आउने गरेको स्मरणगर्दै संयोगले यो बजार पछिल्लो समयमा सुस्ताएपछि यसको चरणवद्ध विकाशमा आफूले पहल गर्ने बताए ।
नेपाली कांग्रेस मानपुर इकाइ सभापति डण्डीराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष पदका उम्मेदवार थलराज पुरीले आफू एक्लैले जितेर मानपुरमा विशेष योगदान दिन नसक्ने बताउंदै उप–महानगरपालिकाका मेयर उपमेयरसहित आफूहरुको टिम भएमा मात्र चाहे अनुरुपको विकास सम्भव भएको मतदातामाझ बताएका थिए ।
आफुले वडाध्यक्ष रहंदा राज्यबाट पाउने सवै सेवासुविधा अपांगका क्षेत्रमा खर्च गर्ने उद्घोष गरीसकेको बताउंदै आगामि कार्यकालमा पनि राज्यबाट पाउने कुनै सेवा नदिने बताएका थिए । तरुण दल मानपुरका बसन्त सेढाइको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा समाजवादी नेता रुद्ध्र वहादुर बस्नेत, थारु बुद्धिजिवि रवि चौधरी, राजमोका नेता देवीराम भण्डारी लगायतले गठवन्धन राष्ट्रिय आवस्यकता भएको औल्याएका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस नगर सचिव शुशिल वलीले गरेका थिए ।