खजुराको १ मा एमाले, २ मा गठबन्धन बलियो
Saturday, May 14th, 2022, 11:15 pm
Kalpristha
बाँकेका ८ स्थानीय तहमध्ये वडास्तरमा गठबन्धन भएको गाउँपालिका खजुराको सुरुआती मतगणनामा गठबन्धन(कांग्रेस–माओवादी) र एमालेबिच प्रतिस्पर्धा देखिएको छ । गठबन्धनबाट डम्बर विक तुफान र एमालेबाट सुमन मल्ल गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका छन् ।
खजुरा एमालेको प्रभाव बलियो भएको पालिका हो । तर यसपटक गठबन्धन भएका कारण सहज देखिएको छैन एमालेलाई । खजुराको ८ वडा मध्ये १ र २ एमालेको धेरै पकड भएको वडा हो । अन्य वडामा भने गठबन्धनबाट अध्यक्षमा प्रतिस्पर्धा गरेका तुफान बलियो देखिन्छन् ।
शनिबार राती १०ः३० बजे सम्मको अपडेट अनुसार खजुराको १ नम्बर वडामा एमालेले अग्रता लिएको छ भने २ नम्बर वडामा गठबन्धन अगाडि देखिएको छ । खजुराको १ नम्बर वडा एमालेबाट अध्यक्षमा प्रतिस्पर्धा गरेका सुमन मल्लको वडा हो । मल्ललाई जित हासिल गर्नको लागि १ र २ नम्बर वडाबाट फराकिलो अग्रता आवश्यक पर्छ । तर उनले २ नम्बर वडामा भने अपेक्षा गरेको भन्दा कम मत ल्याएका छन ।
२ नम्बर वडाको १ हजार ३ तीन ६३ मत गन्दा तुफानले ६ सय ५१ र सुमनले ५ पाँच ८८ मत पाएका छन् । उपाध्यक्ष तर्फ गठबन्धनकी मन्जु मल्लले ६ सय १८ र ताजरुन निशाले ५ सय ६ मत पाएकी छिन् ।
वडा अध्यक्षमा भने गठबन्धनका धनराम ओली अगाडी देखिएका छन् । उनले ६ सय ९० र एमालेका समर बहादुर खत्रीले ५ सय ४२ मत पाएका छन् । शनिबार अबेर रातीसम्म खजुराको १ र २ मतगणना सकिने अनुमान गरिएको छ ।