त्रिपुरासुन्दरीमा कांग्रेसको अग्रता
Monday, May 16th, 2022, 6:23 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २ जेठ
त्रिपुरासुन्दरी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नम्वर १, २, ३ र ४ को मतगणना सार्वजनिक हुँदासम्म कांग्रेसले अग्रता लिएको हो ।
त्रिपुरासुन्दरी नगरपालिकामा कुल खसेको ५ हजार ३ सय ७५ मतमा २ हजार ६ सय ७४ मत गणना गर्दा कांग्रेसका प्रमुख पदका उम्मेदवार चन्द्रलाल धरालाले ९ सय ४९ मत ल्याएर अग्रता लिएका छन् ।
त्यस्तैगरी धरालालाई नेकपा(माओवादी)केन्द्रका दिलबहादुर विष्टले ९ सय ६ मत ल्याएर पछ्याई रहेका छन् ।
नेकपा एमालेका जनचन्द्र रोकायाले ८ सय १९ मत ल्याएका छन् ।
उपप्रमुखमा नेकपा एमालेकी देवीघर्तिले ८ सय १६, नेकपा (माओवादी)केन्द्रकी काली चलाउने ७ सय ८१, नेपाली कांगे्रसकी शावित्री ५ सय ५३, नेकपा एकिकृत समाजवादीका छक्कबहादुर धरालाले ४ सय ५१ मत ल्याएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १, २, ३ र ५ को वडाअध्यक्षमा क्रमश नेकपा एमालेका रामचन्द्र कुलाल, भक्तबहादुर केसी, नन्दलाल रोकाया विजयी भएका छन् ।
वडानम्वर ४ मा भने नेकपा(माओवादी)केन्द्रका रन्जित बुढा विजयी भएका छन् ।
११ वटा वडा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको मतगणनामा यो समाचार तयार पार्दासम्म २ हजार ७ सय १ मत गणना हुन बाँकी रहेको छ । ६ वटा वडाको मतगणना कार्य जारी छ ।