वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाइयो
Sunday, June 5th, 2022, 8:47 pm
Kalpristha
विश्व वातावरण दिवसका अवसरमा देशका विभिन्न स्थानमा वृक्षारोपाण गरी मनाइएको छ । जसमा बाँके र दाङमा पनि वृक्षारोपण गरिएको हो ।
बाँकेको नेपालगन्जमा नेपाल विद्यार्थी संघ बाँकेले वृक्षारोपण गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २२ स्थित कान्ति ताल परिसरमा वृक्षारोपण गरिएको नेविसंघ बाँकेका कार्यवहाक अध्यक्ष चक्र रावतले जानकारी दिए ।
…
आइतबार बिहान आयोजित वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, सहमहामन्त्री निमा गिरी, बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेल, सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महासमिति सदस्य राजकुमार बर्मा, नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगन्ज उप–महानगरपालिकाकी निवर्तमान उपमेयर उमा थापा मगर, हरित अभियन्ता हेमन्तराज काफ्लेलगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
त्यस्तै विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले वृक्षारोपण, गोडमेल र सरसफाइ गरेको छ । तुलसीपुर उप–महानगरपालिका रझेनीस्थित वृद्धासेवा समिति परिसरमा यसअघि रोपिएका बिरुवालाई गोडमेल र परिसर सरसफाइ गरिएको हो ।
२०७६ मंसिर २७ र २८ गते दाङको तुलसीपुरमा सम्पन्न भएको मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठकका बखत साप्ताहीक कार्यक्रमअन्तर्गत उक्त स्थानमा श्रीखण्ड, कपुर, निम, अमलालगायत ५० बढी बिरुवा रोपिएका थिए । ती बिरुवालाई गोडमेल गर्दै आएको शान्ति समाजले यसपटक वातावरण दिवसको अवसरमा पून: सरसफाइ तथा गोडमेल गरेको हो ।
दिवसकै अवसरमा यसपालि मेवा, आप लगायतका बिरुवासमेत रोपिएका छन् । बिरुवा रोपण, गोडमेल र सरसफाइ कार्यक्रम पछि वातावरण दिवसकै सन्र्दभमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेत, सरसफाइ अभियान्ता बिमल रिजाल, शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपाली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, शान्ति समाजका पूर्वकेन्द्रीय उपसभापति मोहन धिताल, वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाजका उपाध्यक्ष गोपाल प्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।