किशोरीको अवस्था सामान्य, बलात्कारमा १६ वर्षदेखि २५ वर्षका युवा संलग्न
Monday, June 6th, 2022, 2:14 pm
Kalpristha
शनिबार साँझ बलात्कारको सिकार भएकी किशोरीको अवस्था सामान्य रहेको बाँके जिल्ला प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए । हाल किशोरीलाई संस्थागत संरक्षणमा राखिएको र उनको अवस्था सामान्य रहेको aन्यौपानेले बताएका छन् ।
न्यौपानेका अनुसार घटनाका ७ जना अभियुक्तहरुको उमेर भने १६ वर्षदेखि २५ वर्षसम्मको रहेको छ ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले ७ जना पक्राउ परेको थियो । राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई सामूहीक बलात्कार गरेको अभियोगमा पीडित किशोरीको प्रेमीका भन्ने बैजनाथ गाउँपालिका-८ का हेमराज थारुसहित सोही स्थानका २४ वर्षीय विक्रान्त थारु, २५ वर्षीय निराजन थारु, प्रविण थारु, २३ वर्षीय राजकुमार थारु, २० वर्षिय विश्वनाथ थारु र निर्देश थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका हेमराज, प्रविण थारु र निर्देशको उमेर १६/१७ वर्ष उमेरको रहेको छ ।
साथै विश्वनाथ र निर्देशलाई बलात्कारको मतियारका रुपमा सहयोगी भूमिका खेलेको अभियोगमा र अन्यलाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटना क्रमका अनुसार किशोरीलाई बाँके, बर्दियाको सीमामा पर्ने मानखोलाको जंगल र पुनः विक्रान्त भन्नेको घरमा बलात्कार भएको प्रहरीले जनाएको छ ।
.
घटना विवरण
पीडित किशोरी र अभियुक्त हेमराजबीच फेसबुकबाट माया बसेको जनाएको छ । हेमराजले शनिबार साँझ आफ्नो जन्म दिन मनाउन बाँके बर्दिया सीमानको मानखोलामा पीडित किशोरीलाई बोलाएका थिए । मानखोला पुगेकी किशोरीलाई शनिबार साँझ प्रेमी हेमराज र उनका साथी बिक्रान्तले बर्दियाको बढैयाताल घुमाएका थिए । बढैयाताल घुमाएर मानखोलाको फुलवारीमा ल्याएर उनीहरुले शनिबार रातीबाट मदिरा सहितको बर्थडे पार्टी गरे । किशोरीलाई पनि महिदा खुवाइयो ।
मदिराको नसामा रहेकी किशोरीलाई ५ जनाले बलात्कार गरे । त्यसपछि किशोरी बेहोस भइन् । किशोरी बेहोस भएपछि शनिबार नै किशोरीलाई मोटर साइकलमा राखेर बाँके बैजनाथ ८ स्थित पिपरीमा रहेको बिक्रान्त थारुको घरमा ल्याइयो ।
बिक्रान्तको गोठमा सुताइएकी किशोरीको जव होस् खुल्दै थियो त्यहाँ पुनः २ जनाले बलात्कार गरे । किशोरी फेरि बेहोस् भइन् । मानखोलाको जंगलमा प्रेमी भनिएका हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले बलात्कार गरेका थिए भने बिक्रान्तको गोठमा निराजन र विक्रान्तले पुनः बलात्कार गरेका थिए ।
अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्याईदिने भन्दै बिक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा नेपालगन्ज गुलरिया सडकको प्रतिक्षालयमा विहानको ४ बजे प्रहरी चेकिजाच गर्दा किशोरी माथिको बलात्कारको पर्दाफास भएको थियो ।
आइतबार बिहान प्रहरी चेकिङमा अर्धचेतको किशोरीलाई मोटरसाइकलको बिचमा राखेर नेपालगन्ज तर्फ लैजाँदै गर्दा प्रहरीले शंका लागेर किशोरीसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । होसमा आएपछि प्रहरीको सोधपुछमा किशोरीले बलात्कार गरेको बयान दिएपछि प्रहरीले थप ५ जनालाई पक्राउ गरेको हो ।
बलात्कारमा संलग्न बिक्रान्तले गोठमा बलात्कार गर्दा कण्डम प्रयोग गरेको साबिती बयान दिएको भन्दै प्रहरीले प्रमाणकारुपमा प्रयोग गरेको कण्डम समेत बरामद गरेको छ .
किशोरीको स्वास्थ्य परीक्षण गरी पक्राउ परेकाहरुलाई जबर्जजस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले