बुधबार पनि नेप्सेमा गिरावट
Wednesday, June 22nd, 2022, 8:23 pm
Kalpristha
बुधबार पनि सेयर बजार १.६२ प्रतिशतले घटेको छ । नेप्से परिसूचक ३१.२१ अंकले घटेर १,८९३.५३ बिन्दुमा पुगेको हो ।
अघिल्लो दिन नेप्से परिसूचक ३७.४९ प्रतिशतले बढेको थियो । मंगलबार धितोपत्र बोर्डको नेतृत्वमा सेयर बजार समस्या समाधानका लागि बनेको समितिको पहिलो बैठक बसेको थियो । यही खबरले सेयर बजारमा सुधार देखिन मद्दत मिलेको थियो । तर यो वृद्धिले निरन्तरता पाउन सकेन ।
सेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ पुगेकोमा कारोबार रकम ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँमा सिमित छ । आज कुल २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ३० लाख ३४ हजार ४८३ सेयर किनबेच भएको छ ।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये ३० वटाको मूल्य बढेको छ भने १९१ वटाको मूल्य घटेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धिमा सर्किट ब्रेक लागेको छ । युनाइटेड आइडिआइ मार्दी आरबी हाइड्रोपावरको भने सबैभन्दा धेरै ६.४८ प्रतिशतले घटेको हो ।
कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ । तीमध्ये पनि सबैभन्दा धेरै विकास बैंकको २.७५ प्रतिशत, अन्यको २.६६ प्रतिशत र हाइड्रोपावरको २.४९ प्रतिशतले घटेको हो ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै नबिल बैंकको ३ करोड ३९ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यसपछि नेपाल बैंकको २ करोड ६७ लाख ५२ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५४ लाख १८ हजार रुपैयाँ, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको २ करोड ५४ लाख ७७ हजार रुपैयाँ र एनआइसी एसिया बैंकको २ करोड ४९ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।
साभार : सेतोपाटी