नेपालगन्जमा खुल्यो एक करोड लागतमा बिजुली घर
Wednesday, June 22nd, 2022, 8:53 pm
Kalpristha
नेपालगन्जको कारकाँदोमा अत्याधुनिक सुविधासहितको बिजुली घर सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कारकाँदो चोकमा अत्याधुनिक व्यवस्थापनसहित बिजुली घर सञ्चालनमा आएको हो ।
सुस्मिता गिरी सञ्चालक रहेको उक्त बिजुली घरको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले बुधबार उद्घाटन गरे ।
बिजुली घरको औपचारिक उद्घाटन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले उद्योग, व्यवसाय प्रर्बद्धनको कार्यमा बिजुली घर सञ्चालनसँगै थप टेवा पुग्ने धारणा राखे ।
‘हामी समग्र नेपालगन्जको उद्योग व्यवसायको प्रर्बद्धनमा जुटेका छौं, नेपालगन्जको उद्योग व्यवसायको भीडमा फरक पहिचान र सेवा प्रदान गर्न खुलेको बिजुली घरले उपभोक्तालाई बिजुलीको सामान खरिद गर्न पसलपिच्छे भौतारिनुपर्ने झन्झट मुक्त गर्नेछ’ संघ अध्यक्ष मन्सुरीले बताए ।
उक्त बिजुली घरबाट बिजुलीका अत्याधुनिक सामाग्रीको बिक्री वितरण गरिनुका साथै अर्डर अनुसार होम डेलिभरीको व्यवस्थासमेत गरिएकोछ ।
उक्त बिजुली घरमा आधुनिक बिजुलीका सामान सुपथ मूल्यमा विक्री वितरण हुनेछ । विश्वप्रख्यात मल्टिनेशनल लेग्रेण्ड र ओपलका विभिन्न उत्पादनहरु बिक्री गरिने बिजुली घरका सञ्चालक सुस्मिता गिरीले जानकारी दिइन् ।
एक करोड लागतमा सञ्चालनमा आएको बिजुलीघरमा उपभोक्ताको माग अनुरुप गुणस्तरीय विश्वप्रख्यात लेग्रेण्ड कम्पीनीका मुडलर स्विचहरु, ओपल ब्राण्डका लाइटहरुका साथै विभिन्न मोडलका झुमर, वाल लाईट, आउट डोर लाइट तथा सिधै मोबाईल चार्ज गर्न मिल्ने स्विचहरु पाइने सञ्चालक गिरीले जानकारी दिइन् ।
‘बिजुली घरबाट हामीले उपलब्ध गराउने सामाग्रीहरुको गुणस्तरता नै एवान छ, ग्राहकको माग अनुसार विद्युतीय सामाग्रीहरु उपलब्ध गराउने योजना छ’ सञ्चालक गिरीले बताइन् ।
बिजुली घरबाट प्यानल लाईट, सर्फेस लाईट, वाटरप्रुफ फ्लड लाईट, ट्यांकीमा पानी भरिएपछि जनाउ दिने साइरन तथा विद्युत तारसहित विद्युतीय हरेक सामाग्री उपलब्ध गराइने बिजुली घरका सञ्चालक सुस्मिताका श्रीमान नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्षसमेत रहेका दामोदर भण्डारीले बताए ।
बिजुली घरको औपचारिक उद्घाटनका क्रममा बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, उद्योगी, व्यापारि, पत्रकारका पेशागत संघसंगठनका प्रमुख, चिकित्सक, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।