एमालले गर्यो विरोध कार्यक्रम
Sunday, June 26th, 2022, 3:19 pm
Kalpristha
नेपाल कम्युनिष्ट पार्टी एमाले बाँके जिल्ला कमिटीले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।
एमाले जिल्ला कमिटीले संकट उन्मुद राष्ट्रियता रक्षार्थ, पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धि, किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन नसक्नु, भ्रष्टाचार, महंगी, मूल्य वृद्धिको विषयमा विरोध कार्यक्रम गरेको हो ।
केन्द्रीय सदस्य एवम् बाँके ईन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिलगायत एमालेका कार्यकर्ताले विभिन्न प्लेकार्डसहित नारा लगाएका छन् । ‘मूल्यवृद्धि नियन्त्रण गर’, ‘नालायक सरकार मुर्दावाद’, ‘महिला हिंसा अन्त गर’, ‘भ्रष्टाचार नियन्त्रण गर’, ‘शान्तिसुरक्षा कायम गर’ लगायतका प्लेकार्डसहित प्रशासन अगाडि विरोध कार्यक्रम गरेका हुन् ।
उनीहरुले बिहान ११ बजेदेखि दुई घण्टा विरोध जनाएको थिए ।
यसअघि असार ५ गते एमालेले पार्टी कार्यालय नेपालगन्जमा पत्रकार सम्मेलन गरेर किसानका लागि तत्काल सस्तो र सहजरुपमा धानको बीउ उपलब्ध गराउन स्थानीय निकाय र सरोकारवालासँग माग गरेकोे थियो ।
साथै अध्यक्ष कक्षपतिले कृषि सिँचाइका लागि नियमित विद्युत् आपूर्ति, अघोषित लोडसेटिङको बन्द, मनपरी तथा स्वइच्छाचारी र अस्वभाविक मूल्यवृद्धि फिर्ताका लिनुपर्ने कक्षपतिले बताएका छन् ।