आगूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरि
Sunday, June 26th, 2022, 3:22 pm
Kalpristha
लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आइतबार नेपालगन्जमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा नगरका विभिन्न भागको परिक्रमा गरी बसपार्क पुगेर सभामा परिणत भएको थियो ।
आगूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले लागूपदार्थ कारोबार तथा प्रयोगको अवस्था अहिले भयावह बन्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सबैको भूमिका महत्वपूणर् हुने बताए ।
प्रभातफेरीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, स्वास्थ्य कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो, पत्रकार महासंघ, लागूऔषध निःशुल्क परामर्श केन्द्रलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागूऔषधविरुद्ध काम गरिरहेका संघ-संस्थाले जनचेतनामूलक प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरूमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रियारक्तदान लगायतका कार्यक्रम गरेका हुन् ।