क्यान्सर पिडित बालकलाई सहयोगका लागि अपिल
Tuesday, June 28th, 2022, 5:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १४ असार
ब्लड क्यान्सर रोगबाट पिडित छोराको उपचारमा सहयोग गरिदिन विकास श्रेष्ठले अपिल गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १४ हलवदार पुर निवासी विकास श्रेष्ठको ४ वर्षे छोरा गिरिराजलाई ब्लड क्यान्सर भएको छ ।
उनको उपचार भारत नयाँ दिल्ली स्थित राजिव गान्धी इन्स्च्युट एण्ड रिर्सच सेन्टर हस्पिटलमा भैरहेको छ । ब्लड क्यान्सर रोगको उपचार मँहगो भएका कारण उपचार रकम जुटाउन कठिन भएको गिरिराजका बुबा विकासले भारतबाट कालपृष्ठ दैनिकलाई बताएका छन ।
उनले भने,‘ब्लड क्यान्सरको उपचार निकै मंहगो रहेछ । उपचारको सबै रकम जुटाउन मेरो आर्थिक अवस्थाले नसक्ने भएको छ । मेरो छोराको उपचारमा सहयोग गरिदिन सबै नेपालीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’ आफुले अपिल गरेपछि आफनो गाउँघरका साथी भाई र आफन्तले गिरिराजको उपचारमा सहयोग गर्दै आएको विकासले बताए ।
गिरिराजको उपचारमा सहयोगका लागि आफनो एनआइसी एसिया बैंकमा विकास श्रेष्ठको नाममा रहेको बैंक खाता नम्बर ५५६९४८०५७३५२४००१ नम्बरमा वा मोबाइल बैंकिङ लागि ९८१५५२७३८८ नम्बरमा सहयोग गरिदिन श्रेष्ठले अनुरोध गरेका छन् ।