बाँके प्रहरीद्वारा ठूलो परिमाणमा ट्रकसहित अवैध सामान बरामद
Friday, July 1st, 2022, 1:17 pm
Kalpristha
बाँके प्रहरीले शुक्रबार ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । जमुना प्रहरीले नेपालदेखि भारततर्फ जाँदै गरेको ट्रकबाट २ सय ५० बोरा पहिचान हुन नसकेको अवैध सामान बरामद गरेको हो ।
नेपालगन्जदेखि भारततर्फ जाँदै गरेको आर जे ०९ जीबी ४५४२ नम्बरको ट्रकलाई बिहान ९ः३० मा सीमानाकाबाट नियन्त्रणमा लिइएको थियो । यद्यपी गाडी चालक भने फरार भएको जिल्ला प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्रक
ईलाका प्रहरीका अनुसार सीमानाकामा गाडी ईन्ट्री गर्ने क्रममा चारलक भागेको र ट्रकको खानतलासी गर्दा उक्त सामान बरामद भएको थियो । प्रहरीले ट्रकको खानतलासी गर्दा ट्रकको पछाडीको भागभित्र अर्को सानोकोठा देखिएको र सोमा ताला लागएको पाइएको थियो । जिल्लाको निर्देशनमा वडा कार्यालाय, स्थानीय, प्रहरी, प्रत्रकारलगायतको रोहबरमा सो ताला खोल्दा भित्र २५ किलोका उक्त बोराहरु फेला परेको थिए ।
उक्त बोरा बाहिर भने ‘ह्वाइट पोप्पी सिड’ र ‘प्रोडुक्ट अफ तुर्की’ लेखिएको छ । तर उक्त वस्तु के हो भने प्रहरीलाई समेत एकिन नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त वस्तुको ल्याब परीक्षणपश्चात मात्र वास्तविकता थाहा हुने प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्रकभित्र बनाइएको अर्को कोठा

बरामद गरिएको वस्तु