समाज जागरणको १४औं वार्षिकोत्सव सम्पन्न
Friday, July 1st, 2022, 5:54 pm
Kalpristha
समाज जागरण साप्ताहिक पत्रिकाले १४औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेर समाज जागरणसँगै सत्यमखबर डटकम अनलाइनले पनि दोस्रो वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रममा कपास विकास समितिका अध्यक्ष हेमन्त काफ्ने, नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, वडा नम्बर ६ का वडाअध्यक्ष समिर प्रताव सिंह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष मधु पौडेललगायत बाँके तथा भारतीय विभिन्न मिडियाका पत्रकारहरुको पस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिले अवधिभाषाको संरक्षण तथा प्रवद्र्धनका लागि समाज जागरण पत्रिकाले ठुलो योगदान पुर्याएको बताए । उनीहरुले समाज जागरण जस्तै अरु मिडियाले पनि स्थानीय भाषालाई संरक्षण र प्रवद्र्धन गर्नु पर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रममा वडा नम्बर ६ को स्मारिका पनि विमोचन गरिएको छ । पाँच वर्षमा वडा नम्बर ६ कार्यालयले अफ्नो वडामा गरेको गतिविधि तथा विकासका विषयहरु समेटिएको वडा प्रोफाइलाई कार्यक्रमका अतिथिहरुले विमोचन गरेका हुन् ।
कार्यक्रममा ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओलीले ईट्टा व्यवसायमा परेका समस्यालाई उजागर गर्दिन अनुरोध गरेका छन् । उनले भारतबाट नेपालमा ईट्टा उद्योगमा काम गर्न आउने श्रमिकमाथि ठेकेदारहरुले गरेको सोषण, ईट्टा उद्योगमाथि लागेको बालश्रमिक आरोपलगायतका समस्याहरु रहेको बताए ।