डोल्पामा ग्लोबल आइएमई बैंकको शाखा विस्तार
Friday, July 1st, 2022, 6:19 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १८ असार
हिमाली जिल्ला डोल्पामा पनि ग्लोबल आइएमई बैंकको शाखा स्थापना भएको छ । २ सय ९० औं शाखाको रुपमा स्थापना भएसंगै देशका ७७ वटै जिल्लामा ग्लोबल आइएमई बैंकले आफ्नो सेवा विस्तार गरेको छ ।
बैंकका शाखा प्रमुख लोकेन्द्र बहादुर शाहीले जिल्लामा स्थापना भएका अन्य बैंकहरुले दिन नसकेको सेवा ग्लोबल बैंकले दिने बताए । उनका अनुसार ग्लोबलले बचतमा ८ प्रतिशत मुद्वतीमा ११.०३ प्रतिशत र रेमिटेन्समा १२.०३ प्रतिशतका दरले ब्याज उपलब्ध गराउने छ ।
यसै गरी ग्राहकहरुले टपअप फिक्स बचतमा रकम जम्मा गर्न सक्ने छन । बैंकको मेरी उनीलाई खाता खोल्न सकिने डिजिटल माध्यमबाटै ग्लोबल स्माल प्लस मोवाइल बैंकिङबाटैं कर्जा लिन सकिने लगायतका आर्कषक सेवाहरु बैंकल उपलब्ध गराउने जनाएको छ ।
बैंकका शाखा प्रमुख शाहीले सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिका भित्रको जग्गा समेत धितो स्वीकार गरी ग्राहकलाई कर्जा उपलब्ध गराउने लक्ष्य भएपनि पछिल्लो समयमा आर्थिकमा रुपमा देखिएको तरलताका कारण कर्जा वितरणमा राष्ट्रबैंकले रोक्का गरेपनि खुला हुने वित्तिकै सेवा सुचारु गरिने बताए ।
अन्य बैंकको तुलनामा ब्याजदर कम भएकाले समयमै ग्लोबल बैंकमा खाता खोलेर कर्जा लगायतका बैंकले उपलब्ध गराउने सेवा सुविधाको सदुप्रयोग गर्न शाखा प्रमुख शाहीले आग्रह गरे ।