रनिङ शिल्ड खेल्ने बाँके टिमको बिदाई
Thursday, July 7th, 2022, 7:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असार
बाँकेको टिम बिहिबार १३औं लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न दाङ प्रस्थान गरेको छ ।
प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा शुक्रबार देखी आइतबार सम्म दाङमा प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा एथ्लेटिक्स, कबडडी, मार्सल आर्टसका खेलाडीहरु सहभागि छन ।
बिहिबार एक कार्यक्रमका बिच बाँकेको प्रतिनिधित्व गरेर जान लागेका खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिका वडा नम्बर २ अध्यक्ष हरि कठायत, तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका सचिव एवम् नेपाली कांग्रेसका नेता निरञ्जन सिंह सिंजापति, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले विदाई गरे ।
मेयर विष्टले प्रतियोगितामा सहभागि खेलाडीले अनुशासित रुपमा आफनो क्षमता प्रर्दशन गर्दै उत्कृष्ट नतिजा निकाल्न बाँकेका खेलाडी सफल हुने विश्वास व्यक्त गरे । टिमलाई प्रतियोगितामा सफलताको लागि पनि उनले शुभकामना दिएका थिए ।
प्रदेश स्तरीय खेलकुदमा सहभागी हुने बाँके टिम प्रमुखको रुपमा सन्त कुमार थारुले जिम्मेवारी पाएका छन ।
प्रतियोगितामा एथ्लेटिक्स तर्फ महिला र पुरुष गरी २२ खेलाडी २ अफिसियल, कबडडीमा महिला र पुरुष टिममा गरी १८ खेलाडी एक प्रशिक्षक, भलिबलमा पनि महिला र पुरुष गरी २२ खेलाडी र दुइ अफिसियल, तेक्वान्दोमा ६ खेलाडी २ अफिसियल कराँतेमा ६ खेलाडी २ अफिसियल र उसुमा ६ खेलाडी र २ अफिसियले भाग लिनेछन ।
प्रदेश स्तरीय प्रतियोगितामा बाँकेबाट उसु तर्फको प्रतिस्पर्धामा टार्जन रोका मगर, सुदिप रोका मगर, बिनोद कँवर, गरिमा चौधरी, सिर्जना विक, पुजा गोगि, टिम प्रशिक्षकमा विजय कुमार सोनी र व्यवस्थापनको रुपमा जगन्नाथ चौधरीले प्रतिनिधित्व गर्नेछन ।
कराँते तर्फ खेलाडीको रुपमा गोपाल दाहाल, सुशान्त सिंह ठकुरी, प्रेम रम्लेल, बबिता विक, पुजा राना भाट, सिमाना बाठा, टिम प्रशिक्षकमा युवराज सिंह र टिम व्यवस्थापकमा कृती बहादुर शाही, तेक्वान्दोमा लक्ष्मी बुढा, ममता मल्ल, दिपशिका रानाभाट, आशिष योगि, लक्ष्मण खड्का, युवराज मिजार खेलाडीको रुपमा सहभागि हुँदैछन भने प्रशिक्षकको रुपमा चन्द बहादुर श्रेष्ठ र व्यवस्थापकमा प्रकाश लामिछाने गएका छन ।
भलिबलको पुरुष खेलाडी तर्फ ललित परियार, मनिष बुढा, अरमुङ थापा, बिमल खत्री, संजय पुन, सुरेश रुचाल, टिकाराम राना, केशर खड्का, रबिन्द्र थारु, महिला खेलाडी तर्फ बिपिका ओली, सर्मिला पोख्रेल, ग्रेस्ना चिलवाल, शिवानी वली, सुरक्षा परियार, निरुता शाही, गंगा पुन मगर, सृजना सुनार, दिपा थारु, प्रशिक्षकमा अर्जुन नाथ योगि र व्यवस्थापकमा मणिराम राम थारु रहेका छन।
यसैगरी कबड्डी खेलको पुरुष तर्फ ईसरार खाँन, अफजल खाँन, मो. अहमद राजा, जीवन हमाल, मकदुम खाँन, निखिल विक, निरज थापा, असिफ मुकेरी, हसन राजा खाँन, महिला खेलाडी तर्फ सम्झना परियार, आसु वली, ज्योति सुनार, ललिता तामाङ, शान्ती पौडेल, शोभा शाही ठकुरी, पबित्रा चन्द, पूर्णिमा मल्ल, समिक्षा विक र टिम प्रशिक्षका जर्नादन खत्री रहेका छन ।
एथ्लेटिक्सको पुरुष तर्फ युवराज विक, रिजन मल्ल, निराजन शाही, सुरेश विक, टेकेन्द्र डाँगी, ईन्दिक थापा, कैलाश थापा, सुरक्षा थारु, सुनिल साउद, मनिष पुन, सहन चन्द्र थापा, महिला तर्फ चमेली चौधरी, सम्झना थारु, राम कुमारी थारु, दिया सुनार, जानकी कुमारी, नितु सुनार, सुमिना योगि, सोशिका थारु, निकीता भंटराई, निर्मला सिंजापति, अन्जली चौधरी, प्रशिक्षकमा विरेन्द्र मल्ल र व्यवस्थापकमा मनोज सिह रहेका छन ।