प्रहरीले उजुरी नलिएको गुनासो
Saturday, July 9th, 2022, 7:46 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २५ असार
जिल्ला प्रहरी कार्यालयले उजुरी लिन नमानेको कुटपिटका पीडितहरुले आरोप लगाएका छन् । सदरमुकाम दुनैतर्फ आउने क्रममा असार १९ गते काइँके गाउँपालिकाका युवाहरुको कुटपिटबाट घाइते भएका डोल्पोबुट गाउँपालिका-१ का ४५ वर्षीय नोर्वु थिन्ले लामा, ४४ वर्षीया डोल्मा लामा र ४२ वर्षीया गर्भवती महिला लुजुङ गुरुगले सो आरोप लगाएका हुन् ।
व्यक्तिगत तथा सरकारी कामको सिलसिलामा सदरमुकाम दुनैतर्फ आउने क्रममा काइँके गाउँपालिकाका युवाहरुले कुटपिट गरी सदरमुकाम आउन नदिएर बीच बाटोबाटै फर्काई दिएको क्याल्पो थापा भोटेले बताए । कुटपिटमा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २२ र २३ गते उजुरी दर्ता गर्न जाँदा प्रहरी नायव उपरिक्षक निरन्जन थापाले उजुरी लिन अस्वीकार गरेको पीडित नोर्वु थिन्ले लामाले बताए ।
पीडितको उजुरी किन र कुन कारणले लिन नमान्नु भएको भन्ने प्रश्नमा प्रहरी नायव उपरिक्षक थापाले घटना कुटपिटको सार्वजनिक भएको तर उजुरीमा जिल्लामा नै नभएका सासंद धनबहादुर बुढा, जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढा, पालिका अध्यक्ष अंगत रानालगायतका व्यक्तिहरुको विरुद्धमा ज्यान मार्ने उद्योगअन्तर्गत मद्दघा दर्ता हुन आएकाले अस्वीकार गरिएको बताए । उनले भने, ‘कुटपिटमा संलग्न भएका युवाहरुविरुद्ध कुटपिटको सार्वजनिक मुद्दा दर्ता गराउनु होस भन्दा नमानेर व्यक्तिगत प्रर्वाग्रही रुपमा घटनाई विषयान्तर गरी उजुरी दिन आएपछि सत्य छोडेर झुट निवेदन दर्ता गर्न नमिलेको हो ।’