बलात्कार मुद्दाका कैदीको संख्या बढ्दैं
Tuesday, July 12th, 2022, 7:40 pm
Kalpristha
लुम्बिनी प्रदेशका जिल्लामा रहेका कारागारमा बलात्कार मुद्दाका कैदीको संख्या बढदैं गएको देखिएको छ। कारागारको क्षमता भन्दा कैदीको संख्या बढिरहेका बेला पछिल्ला दिनहरुमा बलात्कार मुद्दामा सजाय पाएका कैदीहरु बढन थालेका छन् ।
बाँके जिल्ला कारागारमारहेका४ सय ५६ जना कैदीबन्दीमा जबरजस्ती करणी मुद्दाका १ सय १४ जना रहेका छन् । जो संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको अधिवक्ता प्रेमनारायण आचार्य बताउँछन् ।
बर्दिया कारागारमा कूल कैदीबन्दी ४ सय ३२ मध्ये १ सय ४१ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।
त्यस्तै दाङ जिल्लामा रहेको घोराही कारागारमा कूल कैदीबन्दी २ सय ८५ मध्ये जबरजस्ती करणी मुद्दाका ८१ जना र तुल्सीपुर कारागारमा कूल ५ सय ५ जना कैदीबन्दीमा २ सय १ जना जबरजस्ती करणी मुद्दाका कैदी रहेको कारागारले जनाएको छ ।
रुकुम पश्चिम कारागारमा रहेका १ सय ७कैदीबन्दीमा २८ जना बलात्कार मुद्दाका कैदीबन्दी छन् ।
७३ जना क्षमताको गुल्मी जिल्ला कारागारमा बलात्कार मुद्दाका कैदी र थुनुवाको संख्या मात्रै ३७रहेको छ । जहाँ कारागारको क्षमताभन्दा बढी बलात्कार मुद्दाकै कैदीबन्दीको संख्या रहेको छ ।
रुपन्देही जिल्ला कारागारमा कूल कैदीबन्दीको संख्या ४ सय ५६ रहेको छ । तीमध्ये १ सय ११ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका कैदी रहेका छन् ।
त्यस्तै नवलपरासी पूर्व र नवलपरासी पश्चिमका कैदीबन्दीलाई एकै ठाउँ राख्ने गरिएको छ । जिल्ला कारागारमा ५ सय ६ जना कैदीबन्दीमा १ सय १९ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका कैदी रहेको कारागारले जनाएको छ ।
पाल्पा जिल्ला कारागारमा कूल कैदीबन्दी संख्या २ सय ७६ मध्ये १ सय १४ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।
अर्घाखाँची कारागारमा भने ५७ जना कैदीबन्दीमध्ये १८ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।
यस्तै कपिलवस्तु कारागारमा ४ सय २१ जना कैदीमध्ये १ सय २२ जना जबरजस्ती करणी मुद्दाका कैदीबन्दी छन् ।
प्युठान कारागारमा ७१ जना कूल कैदीबन्दीमध्ये जवरजस्ती करणी उद्योगका ४० जना छन् । सो कारागारमा पनि क्षमताभन्दा कढी जबरजस्ती करणी मुद्दाका कैदीबन्दी रहेको छन् ।
रोल्पा कारागारमा १ सय १२ जना कैदीमध्ये जबरजस्ती करणीसम्बन्धी मुद्दाका ३९ जना छन् ।