‘कल्पदीप’ कथा संग्रहको आवरण सार्वजनिक
Wednesday, July 13th, 2022, 5:09 pm
Kalpristha
विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ को नयाँ कृति संग्रह ‘कल्पदीप’ को आवरण सार्वजनिक भएको छ । मंगलबार बेलुका भर्चुअल माध्यामबाट उक्त संग्रह सार्वजनिक गरिएको हो ।
विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले आयोजना गरेको भानु २०९औं जयन्तीको विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा. डा. ब्रतराज आचार्यद्वारा ‘कल्पदीप’ को आवरण सार्वजनिक गरिएको हो । आचार्य आदिकवी भानुभक्त आचार्यका खलाती हुन् ।
कार्यक्रममा प्रा.डा. आचार्यले प्रकाशन हुन लागेको नयाँ कृति ‘कल्पदीप’ ले पाठकहरूको मन जित्न सफल हने बताए ।
आवरणलाई डिजाइन दुर्गा भण्डारी र पूणर्ता प्रदान गर्ने काम विद्या विकास पब्लिकेशनले गरेको थियो ।
कार्यक्रममा विनेसाम विश्व केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, प्रा. डा. राजेन्द्र बिमल, प्रा. डा. कुशमाकर न्यौपाने, प्रा. डा. गोविन्द मानसिंह कार्की, डा. रामभरोस कापडी, डा. प्रभा भट्टराईलगायत ५० बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित साहित्यकारहरूले भानुभक्तलाई मन्तव्य र रचनाबाचन गरेर स्मरण गरेका थिए ।
‘बर्सौअघि प्रतिपादित नीतिशास्त्रीय कुराहरु आजको वैज्ञानीक युगमा पनि त्यत्तिकै साथर्क एवम् प्रभावकारी रहेको पाइन्छ ! पृथक विधा ॅकल्पदीप’ नामक नीतिकथा संग्रहभित्र समाविष्ट छोटा-छोटा नीतिकथाहरु समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोगी हुने मैले पाँए’
– गंगाप्रशाद उप्रेती, कुलपति
‘नीतिकथाको परिवेश निश्चित हँुदैन । जुन समाजमा पनि यस्ता कथाहरुको परिवेश मिल्दो जुल्दो हुने गर्छ । यसरी सार्वभौम परिवेशका नीतिकथाहरु यसमा आएका छन् । समग्रमा प्रत्येक नीतिकथाले एउटा-एउटा नीतिशिक्षा प्रस्तुत गरेको हुनाले संग्रह पठनीय बनेको छ’
– डा. इन्द्रबहादुर भण्डारी ।
‘यो कथा संग्रह विशेषगरी भविष्यका कणर्धार समाज र देशका निर्माता बालबालिकाको लागि पठनीय र बोधगम्य छन् । विद्यालयस्तरीय पाठ्यक्रमको लक्ष पूरा गर्न सहयोगी छन् । कतिपय कथाहरु पाठ्य पुस्तकमा समावेश गर्न सकिने खालका छन् । विद्यार्थीहरुको लागि रोचक र ज्ञान बर्धक छन्’
– ऋषिराम सापकोटा ‘अविरल’