एनआरएन अमेरीका : सदस्यता छानबिन सकियो, १७ सय १८ जना हटाइयो
Friday, May 5th, 2017, 1:52 am
amit
टेक्सास (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाले सदस्यता छानबिनको काम सकेको छ ।
एनआरएन अमेरीकाका महासचिव तिलक श्रेष्ठको संयोजकत्वमा गठित सदस्यता छानबिन समितीले तोकिएको समयभन्दा करिब दुई साता ढिलो गर्दै सदस्य बन्न मापदण्ड नपुगेका १७ सय १८ जनालाई हटाएर बांकी प्रमानिकरण गरेका सदस्यहरुको स ुची प्रकाशित गरेको छ ।
बिहिबार प्रकाशित गरिएको सदस्यहरुको स ुचीमा नाम नपरेको तर मापदण्ड पुगेका व्यक्तिहरुले छानबिन समिती संग शुक्रवार राती सम्म सम्पर्क गर्न सकिने बताइएको छ । करिब १७ हजारको हाराहारीमा सदस्यताको लागी आबेदन दिएकोमा सदस्यता छानबिन समितीले १७ सय १८ जनाको सदस्यताको लागी मापदण्ड नपुगेको भन्दै हटाएर १५ हजार १ सय ६५ जनाको स ुची सार्वजनिक गरेको हो ।
सदस्यता छानबिनका विषयमा पनि बिभिन्न भनाई र बिचारहरु सामाजिक संजालमा देखिएपनि बिहिबार छानबिन समितीले छानबिनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै प्रमानिकरण गरिएको सदस्यहरुको नामावली एनआरएनको आधिकारीक वेवसाइटमा प्रकाशित गरेको हो ।
सदस्यताको लागी मापदण्ड पुगेर पनि प्रमानित सदस्यहरुको लिष्टमा नाम नभएकाहरुले शुक्रवार राती सम्म छानबिन समितलाई सम्पर्क गरेपछि समितीले आसन्न निर्वाचनमा भाग लिने सदस्यहरुको अन्तिम स ुची सार्वजनिक गर्नेछ । सदस्यहरुको अन्तिम निर्वाचन समितीलाई बुझाइएपछि निर्वाचन समितीले निर्वाचनका कार्यक्रम घोषणा गर्ने एनआरएन अमेरीकाले बताएको छ ।
सदस्यमा नाम छ की छैन चेक गर्न यो लिंकमा जानुहोस – https://nrnnccusa.org/verified-voters-list-2017-2/