दाङलाई पूर्ण खोप सुनिश्चिता घोषणा
Thursday, July 14th, 2022, 8:30 pm
Kalpristha
दाङ जिल्लालाई पूणर् खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूणर् खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लालाई पूणर् खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका हुन् ।
जिल्ला खोप समन्वय समितिले यहाँका १० वटै पालिका पूणर् खोप सुनिश्चित पालिका भएको प्रमाणिकरण गरी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा पठाएपछि प्रदेश सरकारले खोप सुनिश्चित पालिका घोषणा गरेको थियो । यद्यपि प्रमाणपत्र भने प्रदेश सरकारले स्थायी मुकाम बुटवलमै जिल्ला खोप समन्वय समितिलाई आमन्त्रण गरेर उपलव्ध गराउने छ । सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क गरेका खोप पाएको प्रमाणित भएको छ ।
नेपाल सरकारले १३ वटा सरुवा रोग लाग्नबाट बच्नका लागि विभिन्न ७ प्रकारका खोप सबै बालबालिकालाई निःशुल्क लगाउने नीति लिएको छ । पालिकाहरुले सबै बालबालिकालाई पूरै खोप लगाएको प्रमाणित गरे सँगै जिल्लालाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माले बालबालिकाहरुलाई खोप मौलिक हक भएको भन्दै सबैलाई नछुटाई खोप लगाउन आग्रह गरे ।
सो अवसरमा जिल्लालाई पूणर् खोप सुनिश्चित पालिका बनाउनका लागि अहम् भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेवीकादेखि पालिकाका जनप्रतिनिधि तथा जिल्ला स्वास्थ्य कार्यालयका सम्पूणर् कर्मचारीहरुलाई बधाइ दिए ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले स्वास्थ्य क्षेत्रमा दिगोपनको विकासमा लागि यसले भूमिका खेल्ने बताए । पूणर् खोप सुनिश्चिता तथा दिगोपना घोषणामा भूमिका खेल्ने सबैलाइ धन्यवाद समेत दिए । स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर नै विपद्मा नागरिकलाई बचाउन लागिपर्ने गरेको बताए ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले खोप सुनिश्चित गरेर मात्रै नपुग्ने भन्दै यसलाइ निरन्तर चलाइरहनु एउटा चुनौती भएको भन्दै हरेक बर्ष जिल्लालाई पूणर् खोप सुनिश्चित पालिका बनाउन सबैको सहकार्यको अपेक्षा गरे ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले घोषणासँगै निरन्तरता चुनौतीपूणर् रहेको बताए । सबै मिलेर चुनौतीलाई सामान गदै अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो । हरेक क्षेत्रमा खोप कार्ड अनिवार्य गराएर अगाडि बढेमा कार्यान्वयन गर्न सहज हुने उनले बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका गणेशप्रसाद सापकोटाले पूणर् खोप सुनिश्चित तथा दिगोपनाका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सबैको सहयोगले मात्र यसको कार्यान्वयन गर्न सकिने उनको भनाइ रहेको थियो ।
यसअघि जिल्लाका सबै पालिकाहरुलाई पूणर् खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो ।