नेजाको ११ औं साधारण सभा वासिंटन डिसीमा शुरु
Sunday, May 7th, 2017, 4:06 am
amit
अमेरीका (वासिंटन डिसी)- नेपाल अमेरीका पत्रकार संघ (नेजा) को ११ औं साधारण सभा अमेरीकाको राजधानी वासिंटन डिसीमा शुरु भएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर तथा नेजाका अध्यक्ष भोला आचार्यले पानसमा बत्ति बालेर साधारण सभाको उद्घाटन गर्नुभएको हो । दुई दिन सम्म चल्ने साधारण सभाको उद्घाटन सत्रमा महावाणिज्यदुत प्रेमराजा महत, गैर आवासीय नेपाली संघ अमेरीकाका अध्यक्ष डा. केशव पौडेल, एएनएका अध्यक्ष मेदिनी अधिकारी, निर्वाचन आयोगका पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा यस वर्ष देखी प्रदान गरिएको सामुदायीक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यो वर्षको सामुदायीक पत्रकारिता पुरस्कार शिव प्रकाश, मनोज अधिकारी र दिनेश कार्कीले हात पारेका हुन् । आइतवार सकिने साधारण सभामा बिद्यान मस्यौदा, आर्थिक प्रतिबेदन लगायतका विषयमा छलफल गरि पारित गरिने नेजाले जनाएको छ ।

नेजाका उपाध्यक्ष तथा साधारण सभा संयोजक गुणराज लुइटेलको स्वागत मन्तव्यबाट शुरु भएको साधारण सभाको उद्घाटन पछि एनआरएन अमेरीकाको आसन्न निर्वाचनमा अध्यक्षका आकांक्षीहरु संगको बहस गरिएको थियो । नेजाका सदस्य बाल जोशीले सहजीकरण गरेको बहसमा डा. केशव पौडेल, गौरी जोशी, राम सि पोखरेल र डिल्ली भट्टराई सहभागी थिए । कृष्ण पोखरेल र रबिना थापा बहसमा सहभागी भएनन् ।