एनआरएन अमेरीकाका अध्यक्षका आकांक्षीहरुबीचको बहस डालसमा सम्पन्न
Monday, May 15th, 2017, 5:09 am
amit
टेक्सास (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासीहरुबीचको बहस आइतवार टेक्सासको डालसमा सम्पन्न भएको छ ।
नेपाल अमेरीका पत्रकार संघ (नेजा)को आयोजना र नेपाली समाज टेक्सासको सहयोगमा सम्पन्न बहसमा एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका ५ जनाको सहभागीता रहेको थियो ।
नेजाका सदस्य बाल जोशीले संयोजन गरेको बहसमा आगामी नेतृत्वका लागी अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका बर्तमान अध्यक्ष डा. केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षद्धय डिल्ली भट्टराई र राम सि पोखरेल र व्यवसायी तथा समाजसेबी गौरी जोशीले आ आफ्ना आगामी योजना र प्रतिबद्धता जनाएका थिए । अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपनि बर्तमान उपाध्यक्ष समेत रहेकी रबिना थापा बहसमा सहभागी भइनन् ।

बहस गर्नु पुर्व एनआरएन अमेरीका टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने र नेपाल अमेरीका पत्रकार संघ नेजाका अध्यक्ष भोला आचार्य लगायतले आफ्ना भनाई राखेका थिए ।
यसैबीच बहस पछि अध्यक्षबाहेकका अन्य पदहरुका आकांक्षीहरुले बिभिन्न पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।