खजुरा र राप्ती सोनारीमा प्रशासकिय अधिकृतलाई स्वागत
Sunday, July 31st, 2022, 8:30 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । पालिकाका जनप्रतिनिधिले पालिकामा आएका नयाँ प्रमुख प्रशासकियलाई स्वागत गरेका हुन् ।
खजुरामा सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ललगायतले स्वागत गरे ।
अध्यक्ष विकले कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध एकै परिवार बिचको सम्बन्ध हुने भएकाले सबैको मन जित्ने गरी काम गर्र्न अधिकृत उपाध्यायलाई आग्रह गरे । उपाध्यक्ष मन्जु मल्लले खजुराको अवस्थालाई बुझेर स्थानीय सरकारलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न उपाध्यायलाई आग्रह गरिन् ।
अधिकृत उपाध्यायले आफू नीति नियममा रहेर गाउँपालिकाको कार्य सम्पादन गर्ने बताए ।
उपाध्याय जाजरकोट निर्वाचन कार्यालयका कार्यालय प्रमुखका रुपमा काम गरेका थिए । यसअघि खजुरामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी दैलेखको गुँरास गाउँपालिकामा सरुवा भएपछि खजुरामा उपाध्याय आएका हुन् ।
त्यस्तै राप्ती सोनारी गाउँपालिकामा हरिबहादुर खत्रीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । सल्यानको कालिमाटी गाउँपालिकाबाट उनी केहीदिन अघिमात्र सरुवा भएर राप्ती सोनारी आएका हुन् ।
गाउँपालिका कार्यालय अगैयामा अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारुलगायतले अधिकृत खत्रीलाई स्वागत गरेका छन् ।
खत्रीले राप्ती सोनारी गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफूले इमान्दारितापूर्वक काम गर्ने खत्रीले प्रतिवद्धता जनाएका छन् ।