वन पैदवारको अध्यक्षमा पुन चयन
Saturday, August 6th, 2022, 6:59 pm
Kalpristha
वन पैदवार उद्योग व्यवसायी संघ, बाँकेको अध्यक्षमा टेकबहादुर पुन चयन भएका छन् । ॅउत्पादन वृद्धि र आयात प्रतिष्थापन राष्ट्र निर्माणको सुत्रधार- वन उद्यम र व्यवसायको विकास हरित समृद्धिको मूलधार’ भन्ने मूल नाराको साथ नेपाल वन पैदवार उद्योग व्यवसायी संघ, बाँकेको आठौ बार्षिक साधारण सभा तथा छैठौ अधिवेशनले पुनलाई शुक्रबार सर्वसम्मत निर्वाचीत गरेको हो ।
सम्पुणर् पदहरुमा एकल उमदेवारी पर्न गएकोले सबै पदमा निर्विरोध निर्वाचन भएको नव निर्वाचित अध्यक्ष पुन मगरले जानकारी दिए ।
अध्यक्षमा पुनसहित वरिष्ठ उपाध्यक्षमा दुर्गबहादुर राना, प्रथम उपाध्यक्षमा नरेश केसी, द्वितीय उपाध्यक्षमा दिनेश श्रेष्ठ, महासचिवमा विक्रम सिहं सिजापति, उपमहासचिवमा जुगलाल थारु, कोषाध्यक्षमा ओमप्रसाद शर्मा, सह-कोषाध्यक्षमा श्याम प्रसाद नेपाल निर्विरोध भएका छन् ।
त्यस्तै सदस्यहरुमा लियाकत अलि हलवाई, रज्जुलाल तेली, दिपककुमार ढकाल, खिमबहादुर थापा, राजु तामाङ्ग, कमारो केसी चयन भए ।
…
कार्य समितिबाट मनोनित सदस्यहरुमा यज्ञ कुमारी बस्नेत, सीताकुमारी चौधरी र गणेश शर्मा सदस्यहरुमा मनोनय गरिएको निर्वाचन अधिकृत तिर्थराज ज्ञवालीले जानकारी दिए ।