डेकको अध्यक्षमा पुनः थापा निर्विरोध
Sunday, August 7th, 2022, 9:11 pm
Kalpristha
अपाङ्गता सशत्तिकरण एंव सञ्चार केन्द्र (डेक) नेपाल, बाँकेको अध्यक्षमा पुनः हरिकला थापालाई सर्वसम्मत अध्यक्षमा निर्विरोध गरिएको छ । डेकको १५ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेसनले थापालाई अध्यक्षमा चुनेको हो ।
एक कार्यकाल अध्यक्ष भएर आफ्नो कार्यकौशल निर्वाह गरिसकेका थापालाई अधिवेसनले पुन अध्यक्ष चुनेको हो । आगामि ३ वर्षका लागि हरिकलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।
उपाध्यक्षमा इन्द्रबहादुर थकाली, सचिवमा गोर्कण अर्याल, सह-सचिवमा पुणर्िमा शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कोषाध्यक्षमा ललित कठायत, सदस्यमा झक्कु पोखरेल, दुर्गा लखेर, अजय शर्मा र सुनम सोनी निर्विरोध निर्वाचित भएको डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्यले जानकारी दिए ।
ॅदिगो विकास, सम्बृद्धिको आधार, अपाङ्गता मैत्री पहुँचयुक्त पूर्वधार’ भन्ने नारासहित स्थापना भएको डेक नेपालले आफ्नो १५ औं वार्षिक साधारण सभा र अधिवेसन बाँकेको खजुरामा सम्पन्न गरेको हो ।
डेक नेपालका अध्यक्ष हरिकला थापाको सभापतित्वमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका सांसद उसा पुनको प्रमुख आतिथ्यमा भएको थियो ।