अमेरीकाको शिकागोमा नेपाल चिनाउने कार्यक्रमको तयारी पुरा
Saturday, May 20th, 2017, 5:39 am
amit
अमेरीका (सिकागो)- भोली शनिबार अर्थात यही २० तारिखका दिन अमेरीकाको सिकागोमा नेपाल चिनाउने भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
अमेरीकाको मिड वेष्ट राज्यमा रहेका नेपालीहरुको पुरानो संस्था नेप्लीज इन मिड वेष्ट अमेरीका (एन्मा) को आयोजना तथा नेपाल पर्यटन वोर्डको सहयोगमा गर्न लागेको कार्यक्रममा नेपालमा पुगेर फर्केका केही अमेरीकनहरुले नेपालको प्राकृतिक सौन्दर्यताबारे बोल्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
नेपालको प्राकृतिक शुन्दरताबारे बोल्दै अमेरीकनहरुलाई नेपाल घुम्न जान प्रेरित गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा अमेरीकाका केही कांग्रेसम्यान, नेपालका लागी पुर्व अमेरीकी राजदुत स्कट एच डेलिसी लगायत सिकागो राज्यका स्थानीय प्रतिनिधी संगै महावाणिज्यदुत प्रेमराजा महत, एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल सहभागी हुने कार्यक्रम रहेको एन्माका पुर्व अध्यक्ष गोपेन्द्र भट्टराइले बताउनुभयो ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र शनिबार दिउंसो २ बजे भव्य रुपमा कार्यक्रमको शुरुवात गरिने बताइएको छ ।
सो अवसरमा कार्यक्रममा सहभागी हुने अमेरीकनहरुलाई नेपाली खानाको स्वाद चखाउने कार्यक्रम समेत रहेको बताइएको छ । कार्यक्रम बारे आयोजक संस्था एन्माका पुर्व अध्यक्ष भट्टराइले दिनुभएको जानकारी –