अमृत महोत्सवको तयारीमा महेन्द्र पुस्तकालय
Monday, August 15th, 2022, 8:31 pm
Kalpristha
बाँकेका शिक्षाविद्ध बलराम यादवको नेतृत्वमा गठन गरिएको तदर्थ समितिले पुस्तकालयलाई पुनः सक्रिय बनाउको लागि वार्षिक योजना बनाएर काम गर्ने योजना अगाडि सारेको छ । जस अनुरुप पुस्तकालयले अमृत महोत्सव मनाउने तयारी तीव्र गतिमा अगाडि बढाईरहेको छ ।
नेतृत्व निस्कृय भएर थला परेको नेपालगन्जको ऐतिहासिक महेन्द्र पुस्तकालय पुनः सक्रिय हुन थालेको छ । पुस्तकालयको व्यवस्थापनमा नयाँ तदर्थ समिति गठन भएसँगै विभिन्न कार्यक्रमको तयारी गरिएको छ ।
बाँकेका शिक्षाविद्ध बलराम यादवको नेतृत्वमा गठन गरिएको तदर्थ समितिले पुस्तकालयलाई पुनः सक्रिय बनाउको लागि वार्षिक योजना बनाएर काम गर्ने योजना अगाडि सारेको छ । जस अनुरुप पुस्तकालयले अमृत महोत्सव मनाउने तयारी तीव्र गतिमा अगाडि बढाइरहेको छ । नेपालगन्ज सहरको इतिहाससँगै जोडिने गरेको पुस्तकालय अब नयाँ ढंगले काम गर्ने लक्ष्यसहित प्रस्तुत भएको छ ।
नेपालगन्जउप-महानगरपालिका वडा नम्बर ८ मा रहेको पश्चिम नेपालको एकमात्र पुरानो पुस्तकालय हो महेन्द्र पुस्तकालय । यस पुस्तकालयले बाँके क्षेत्रको शिक्षा, भाषा, कला, संस्कृति र इतिहासलाई जोगाउन महत्वपूणर् भूमिका खेलेको छ ।
२००३ सालमा स्थापना भई २०२१ सालमा नाम परिवर्तन भई महेन्द्र पुस्तकालयको नामबाट परिचत त्रिभुवन चोकमा रहेको उक्त पुस्तकालयको ७५औं वर्ष पूरा भई ७६ वर्ष लागेको अवसरमा अमृत वर्षको रुपमा भदौं ३ गते अमृत महोत्सव गर्ने पुस्तकालयको तदर्थ समितिले जनाएको छ ।
समितिले सोमबार पुस्तकालयमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस्तकालयको अवस्था र शुक्रबार आयोजना गर्न लागिएको अमृत महोत्सवको बारेमा जानकारी दिएको छ ।
तदर्थ समितिका अध्यक्ष बलराम यादवका अनुसार अमृत महोत्सवमा पुस्तकालय स्थापनाकालदेखि २०५४ साल सम्मको कार्यसमितिमा रहेका सदस्य तथा पुस्तकालयका कर्मचारीलाई अमृत महोत्सव पदकसहित सम्मान गरिनेछ ।
साउन २१ गते विभिन्न विद्यालयका माध्यमिक विद्यालयस्तरका छात्र तथा छात्राबीच विद्यार्थी जीवनमाा पुस्तकालयको महत्व’ विषयमा आयोजना गरिएको निवन्ध प्रतियोगिताका प्रथम, द्वितीय तथा तृतीय विद्यार्थीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिने छ । सोही उपलक्ष्यमा बाहुभाषिक कवि गोष्ठी समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले बताए ।
त्यसैगरी सो अवसरमा महेन्द्र पुस्तकालयको इतिहास पुस्तकालय सम्बन्धि आलेखहरु र अन्य सिर्जनात्मक रचनाहरु तथा अमृत महोत्सवका कार्यक्रमहरु समेत समावेश गरी वाङमय जगत अमृत महोत्सव स्मारिका पनि प्रकाशित गर्ने यादवले बताए ।
तदर्थ समितिका सदस्य सनतकुमार रेग्मीका अनुसार यसअघि २०५३ सालमा महेन्द्र पुस्तकालयको ५०औं वर्षको अवसरमा अयोजना गरिएको कवि गोष्ठी कार्यक्रममा भने काठमाडौंबाट समेत कविहरुलाई बोलाइएको थियो । यो पटक बाँकेका कविहरुमात्र गोष्ठीमा आउने कार्यक्रम रहेको छ । रेग्मीले अब समय सापेक्ष पुस्तकालयलाई इ-लाइबे्ररी र अन्य कुरामा सुधार गर्दै लग्ने योजना रहेको बताए ।