अमेरीका न्युयोर्कको म्यानहटन क्षेत्र नेपालमय (फोटो सहित)
Monday, May 22nd, 2017, 4:49 am
amit
अमेरीका (न्युयोर्क)- विश्वमै परिचित ठुलो शहर न्युर्योकको म्यानहटन क्षेत्र नेपालमय भएको छ ।
आइतवार आयोजना गरिएको नेपाल डे परेडमा हजारौंको संख्यामा सहभागी नेपालीहरु बिभिन्न नेपाली भेषभुषामा सहभागीता जनाउदा म्यानहटन क्षेत्रले नेपालकै झल्को दिइरहेको थियो । हिमाल पहाड र तराइका बिभिन्न जातजातीका भोषभुषा र कला संस्कृति झल्कीनेगरी न्युयोर्क लगायत अमेरीकाका बिभिन्न स्थानबाट नेपालीहरु झांकी सहित डे परेडमा सहभागी भएपछि म्यानहटन क्षेत्रमा रहेका अमेरीका लगायत अन्य देशका नागरिकहरुले ध्यानपुर्वक नियालेका थिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बर्तमान नेपाल सरकारका उद्योगमन्त्री नबिन्द्रराज जोशीले रिबन काटेर उद्घाटन गरेको परेडमा करिब ५ हजारको संख्यामा नेपालीहरु सहभागी भएको बताइएको छ । बिभिन्न नेपाली संघ संस्थाहरुको आयोजनामा दाश्रो पटक आयोजना भएको परेडले नेपाललाई विश्वसामु चिनाउन महत्वपुर्ण योगदान गर्ने आयोजकको विश्वास रहेको छ ।
परेडमा बिभिन्न नेपाली संघसंस्थाहरु व्यानर सहित सहभागी भएका थिए । न्यूयोर्कको ३८ स्ट्रिट म्याडिसन एभिन्युवाट शुरु भएको यो परेड २६ स्ट्रिटमा पुगेर समापन भएको थियो । नेपालका हिमाल, पहाड र तराईको भेषभुषा, संस्कृति झल्काउने पहिरन झांकीले परेडलाई रोचक वनाएको थियो ।