एनआरएन अमेरीका: जर्जिया च्याप्टर अध्यक्षमा तिमिल्सीनाको उम्मेद्वारी घोषणा
Wednesday, May 24th, 2017, 6:29 am
amit
जर्जिया (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा जर्जिया च्याप्टर अध्यक्षमा मोहन तिमिल्सीनाले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
दुई वर्ष अघि जर्जिया च्याप्टर स्थापना भएपछि हालसम्म अध्यक्षको जिम्मेबारीमा रहेका तिमिल्सीनाले आगामी कार्यकालका लागी पनि च्याप्टर अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
नेपलिज एसोसिएसन अफ जर्जियाको पुर्व उपाध्यक्ष लगायतका सामाजिक संघ संस्था मार्फत सामाजिक कार्यहरुका सक्रिय तिमिल्सीनाले दुई वर्ष अघि एनआरएनको जर्जिया च्याप्टर गठनका लागी महत्वपुर्ण योगदान दिनुभएको थियो ।
सदस्यता भेरिफिकेशन परिचयपत्र मार्फत च्याप्टर मार्फत हुनुपर्ने तथा एनआरएन कार्ड सहुलियत रुपमा बितरण गर्नुपर्ने लगायतका बिभिन्न एजेण्डाहरु अघि सारेका तिमिल्सीनाले एनआरएनलाई सबै गैर आवासीय नेपालीको साझा बनाउन तथा गैर आवासीय नेपालीहरुका हक हितका लागी तत्पर रहने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपालको स्याङ्जामा जन्मिएर करिब १५ वर्ष अघि अमेरीका आएका तिमिल्सीना त्यस अघि जापान बसेर व्यवसाय गरिसक्नुभएको हो ।
दुई वर्ष अघि च्याप्टर स्थापना गर्न महत्वपुर्ण भुमिका खेलेको तथा च्याप्टर लाई अझै सामाजिक क्रियाकलापमा गतिशिल बनाउन सबैलाई आफुलाई समर्थन गर्ने विश्वास रहेको उहांले बताउनुभयो ।