प्रोटिनको न्यूनतम मापदण्डको पहुँचमा छैनन् नेपाली
Saturday, September 3rd, 2022, 9:44 pm
Kalpristha
विश्वमा मापदण्डअनुसार एक व्यक्तिले दैनिक ७७ ग्राम प्रोटिन खानु पर्ने भएता पनि नेपालमा ४६ ग्राममात्र प्रोटिन खाने गरेको पाइएको बताए । तर विकशित देशका व्यक्तिहरुले १ सय ३ ग्रामसम्म प्रोटिन खाने गरेको कुमारले बताए ।
नेपाल भेटेरिनरी एशोसिएसन, नेपाल दाना उद्योग संघ र युसेक नेपालको सयुक्त आयोजनामा शनिबार नेपालगन्जमा स्वास्थ्यको लागि प्रोटिन आवश्यकता सम्बन्धी कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रम नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय सदस्य डा.शंकर न्यौपानेको अध्यक्षमा संचालन भएको थियो भने कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री इस्तियाक राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सासद कृष्ण केसी, लुम्बिनी प्रदेश माननिय आरती पौडेले, नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरी, बाँके जिल्ला समन्वय समितिका उपाध्यक्ष सीता कार्कीलगायत करिब ५ सय जनाको उपस्थिति रहेको थियो ।

डा. पवन कुमार
कार्यक्रम प्रोटिनको अवाश्यकतासम्बन्धमा बोल्दै भारतबाट आएका युसेकको टेक्निकल रिप्रिजेन्टेटिभ डा. पवन कुमार मानिसको ७५ प्रतिशत दैनिक खानपानले मानिस कति समय जिवित हुन्छ भन्ने निर्धारण गर्ने बताए ।
भारतमा गरिएको सर्बेमा ७३ प्रतिशत व्यक्तिमा प्रोटिनको अभाव रहेको पाइएको उनले बताए । २००५ देखि कुपोषण बालबालिको संख्या विश्वमा घट्दै गएको तर १०१५ देखि फेरि कुपोषण बालबालिकाको संख्या बढेको तथ्यांक रहेको कुमारले बताए । यसको कारण बालबालिकाले भरपुर खाना खाने गरेको भएता पनि प्रोटिनको अभाव रहेको उनले उल्लेख गरे ।
विश्वमा हरेक वर्ष ५ वर्ष मुनिका सात लाख शिशुको मृत्यु हुने गरेको डा. कुमारले बताए । जसमा ५० प्रतिशत शिशु प्रोटिनको अभावले मृत्यु हुने गरेको छन् ।
डा. कुमारले नेपालका लागि प्रत्येक दिन ५.१३ लाख टन प्रोटिन आवश्यक पर्ने भएता पनि ४.९३ लाख टन प्रोटिनमात्र उपलब्ध हुने गरेको बताए । जसमा पनि नेपालको कूल जनसंख्याको ३० प्रतिशत गरिब तथा ज्ञानको अभाव भएका व्यक्तिहरुले दैनिक ५८ प्रतिशतमात्र प्रोटिन खाने गरेको उनले बताए ।
उनले विश्वमा मापदण्डअनुसार एक व्यक्तिले दैनिक ७७ ग्राम प्रोटिन खानु पर्ने भएता पनि नेपालमा ४६ ग्राममात्र प्रोटिन खाने गरेको पाइएको बताए । तर विकशित देशका व्यक्तिहरुले १ सय ३ ग्रामसम्म प्रोटिन खाने गरेको कुमारले बताए ।

डा. सुजिता हिराचन
कार्यक्रमा सबैको लागि प्रोटिन विषयमा प्रस्तुतिकरण गर्दै रेस्ट क्यान्सर तथा थाइराइट सिनियर सर्जन डा. सुजिता हिराचनले प्रोटिनको अभावका कारण बालबालिको उचाई कम हुने गरेको बताइन् । डा. हिराचनले मानिसको शरीरलाई स्वास्थ्य बनाउन ४० प्रकारका पौष्टिक तत्व आवश्यक पर्ने बताउँदै नेपालीमा विभिन्न स्वास्थ्य समस्या देखिनुका कारण शरीरलाई चाहिने तत्व नपुगेको बताइन् ।
उनले नेपालमा मधुमेहको संख्या बढ्दै गएको बताउँदै कार्बोहाइडे तत्व भएका खानेकुरा एक मुठीमात्र खानु पर्ने सुझाब दिएकी छन् । उनले नेपालीको दैनिक जिवनशैलीमा तेलको बढी प्रयोग हुने भएकाले सकेसम्म तेलको कम प्रयोग गर्न पनि सुझाएकी छिन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री राईले कार्यक्रममा गरिएको प्रस्तुतिअनुसारको जिविकोपार्जन गरियो भने देशकै औषत आयु बढ्न सक्ने बताए । उनले अरुलाई देखाउनुभन्दा आफ्नो स्वास्थ्य कसरी स्वस्थ्य राख्ने तरिकाले दैनिक खानपानमा ध्यान दिनु पर्ने बताए ।

.