बोर्ड सदस्यलाई बिदाई
Sunday, September 11th, 2022, 6:48 pm
Kalpristha
कपास विकास संचालक समिति सदस्य तथा अर्थमन्त्रालयका प्रतिनिधि राजस्व कार्यालय बाँकेका प्रमुख सरद चन्द्र पौडेललाई कपास विकास समितिले आइतबार बिदाई गरेको छ ।
झन्डै दुई वर्ष राजस्व कार्यालय नेपालगन्जको प्रमुखका रुपमा कार्य सम्पादन गरेका पौडेललाई अर्थ मन्त्रालयले कपास विकास समिति संचालक समिति सदस्यसमेत जिम्मेवारी प्रदान गरेको थियो ।
कपास विकास समितिद्वारा आयोजित उक्त कार्यक्रम समितिका अध्यक्ष हेमन्त राज काफ्लेको अध्यक्षतामा कार्यकारी निर्देशक बुद्ध थापा घर्तीसहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बोर्ड सदस्य पौडेलले आफूले सुरुमा कपासको अवस्था नाजुक पाएको बताउँदै राज्यको यति सम्पत्तिको हामी सबैले संरक्षण गर्नुपर्ने दायित्व रहेको बताए । कपास विकास समितिलाई दुई वर्षको बिचमा नजिकबाट नियाल्ने मौका पाएको र यो ऐतिहासिक गौरवको योजना भएकोले आफू जहाँ भए पनि यो रास्ट्रको सम्पतीलाई सम्बोधन हुने गरी सहयोग गर्ने बताए ।

.
समितिका अध्यक्ष हेमन्त राज काफ्लेले पौडेलको भावी जीवन सुखद र सफल रहोस भन्ने सुभेच्छा प्रकट गर्दै पौडेलको सरल र सहयोगी स्वभाव सधै स्मरणीय रहने बताए । कर्मचारी सरुवा हुने यो राज्यको नियम भएकाले बोर्ड सदस्यको सरुवा हुँदा नरमाइलो महसुस भए पनि चुनौतीहरुको चाङका बिच प्रत्यक्ष कपासको समस्या बुझ्नु भएका पौडेलसँग कपासको उन्नयनका लागि सिर्जनात्मक र सकारात्मक भूमिका रहिरहने विश्वास व्यक्त गरे । कपास विकास समितिको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्दै कपाससँगको साइनो अटुट रहने अपेक्षा व्यक्त गरे ।
समितिका कार्यकारी प्रमुख बुद्ध थापा घर्तीले कपास विकास समितिको प्रगती र भावी योजनाका बारेमा जानकारी गराउँदै संचालक समिति सदस्य पौडेलको कार्यकाल कपासका लागि प्रसंसनिय रहेको बताए ।