क्यालिफोर्निया निवासी सफल व्यवसायी ढकाल महावाणिज्यदुत नियुक्त
Friday, May 26th, 2017, 3:53 am
amit
क्यालिफोर्निया (अमेरीका)- नेपाल सरकारले अमेरीकाको सानडियगो क्षेत्रका लागी वाणिज्यदुतमा नियुक्ती पाएका ॠषि ढकाललाई महावाणिज्यदुतमा बढुवा गरेको छ ।
चार वर्ष अघि वाणिज्य दुतमा नियुक्त भएका ढकाललाई हालै बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले पदोन्नती गर्दै वाणिज्यदुतबाट महावाणिज्यदुतमा नियुक्त गरेको हो ।
लामो समयदेखी क्यालिफोर्नीयामा बसोबास गर्दै आएका सफल व्यवसायी तथा समाजसेबी ढकाललाई वाणिज्यदुत हुंदा चार वर्षको कार्यकाल सफलतापुर्वक निर्वाह गरेको भन्दै नेपाल सरकारले थप चार वर्षका लागी महावाणिज्यदुतमा बढुवा गरेको बताइएको छ ।
क्यालिफोर्नियाको लसएन्जलसमा परिवार सहित बसोबास गरिरहेका ढकाल छोटो समयमा अमेरिकन नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल ब्यक्ती हुन ।गार्मेन्ट सहित बिभिन्न नेपाली सामाग्रीहरु अमेरिकन बजारमा निकासी गरेर नेपालको निर्यात ब्यापारलाई ठुलो सहयोग गरेका ढकाल बिभिन्न सस्थामा पनि उत्तिनै सहभागी र सहयोगीको रुपमा कृयाशिल छन ।
लसएन्जलसमा रहेका श्री पशुपतीनाथ फाउण्डेसनको उपाध्यक्ष, एनआरएन अमेरिकाको सल्लाहकार लगायत दर्जनौ संस्थाहरुमा आबद्द रहेर नेपाली समाजमा उल्लेखनिय योगदान गरेका ढकाल आँफैमा सरल र साधारण ब्यक्तीको रुपमा प्रस्तुत हुन रुचाउछन ।
बाणिज्य दुतको रुप रहदा उनले लसएन्जलसमा रहेका थुप्रै सिटी काउन्सिलहरुसँग नेपालीहरुको सम्बन्ध बिस्तार गर्न ,नेपालको पर्यटनलाई टेवा दिन र अमेरिकामा नेपाली बस्तुहरुको भन्सार छुटको लागि लबिङ गरेका थिए ।