मिटरब्याजमा फस्दै महिला, घरबाससमेत तहसनहस
Monday, September 12th, 2022, 7:48 pm
Kalpristha
मिटरब्याजकै कारण सिर्जनाको त सम्बन्ध बिच्छेदसम्म भई सकेको छ भने पार्वतीलाई दिनरात तनावले छोडेको छैन । उनीहरु आफूले लिएको मिटरब्याज रकमका बारेमा न्याय माग्न कहिले जिल्ला प्रशासन कार्यालय धाउछन् त कहिले जिल्ला प्रहरी कार्यालय धाउछन् ।
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, २७ भदौ
माथि देखिएको तस्बिर सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको परिषरमा देखिएको दृष्य हो । उनीहरु मिटरब्याजबाट आजित भएर न्यायको खोजी गर्दै पिडकसँग छलफल गर्नका लागि जिल्ला प्रहरी कार्यालय आइपुगेका हुन् । तर पिडकभने आइपुगेका थिएनन् ।
तस्बिरमा मिटर ब्याजका कारण परिवार तहसनहस हुन पुगेकी नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १७ की सिर्जना थापा र सोही स्थानकी पार्वती थापालगायतका व्यक्तिहरु उपस्थिति थिए । मिटरब्याजकै कारण सिर्जनाको त सम्बन्ध बिच्छेदसम्म भई सकेको छ भने पार्वतीलाई दिनरात तनावले छोडेको छैन । उनीहरु आफूले लिएको मिटरब्याज रकमका बारेमा न्याय माग्न कहिले जिल्ला प्रशासन कार्यालय धाउछन् त कहिले जिल्ला प्रहरी कार्यालय धाउछन् । तर प्रहरीले मिटरब्याजका नाममा रकम असुली गर्नेलाई छलफलमासम्म ल्याउन सकेको छैन ।
कसरी भयो सिर्जनाको सम्बन्ध विच्छेद्
भृकुटीनगर निवासी सिर्जनाले दुई वर्षअघि आफ्नै साथी विमला चन्दबाट तीनपटक गरेर ३ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । सानैदेखि सँगै पढेका उनीहरु चिनजान नौलो हुने त कुरै भएन । सिर्जनाले हप्ताको २० प्रतिशत ब्याज बुझाउने गरी एक हप्तामा रकम फिर्ता गर्नेगरी विमलासँग सुरुमा एक लाख रुपैयाँ लिएको बताउँछिन् । तर उनले सो रकम भनेको समयमा फिर्ता गर्न सकिनन् र फेरि सोही ब्याजदरमा थप २ लाख ५० हजार रुपैयाँ मिटरब्याजमा लिएकी थिइन् ।
ॅसानैदेखि सँगै खाने, सँगै पढ्ने गथ्र्यो । सानैको चिनजानी भएका कारण सुरुमा १ लाख लिएको हो सर । बाँकी पछि दुईपटक गरेर लिएको हो । तर आफैंले लिएको ऋण मलाई नै घाडो भयो,’ सिर्जनाले भनिन् ।
यसरी उनले तीनपटक गरेर विमलासँग ३ लाख ५० हजार रुपैयाँ लिई सकेकी थिइन् । र सो रकम फिर्ता गर्नका लागि केही समूहका ऋणका लागि आवेदनसमेत दिई सकेकी थिइन् । तर कोरोनाको प्रभावले उनले समूहबाट ऋण पाउन सकिनन् । र उनी हप्ताको २० प्रतिशत मिटरब्याजको सिकार हुन पुगिन् ।
तर अचम्म भने के छ भने विमलाबाट सिर्जनाले मौखिकरुपमा उक्त रकम लिएकी थिइन् । उनीहरुसँग पैसा लिए दिएको कुनै कानुनी प्रमाण भने थिएन । मौखिक रुपमा सिर्जनाले विमलासँग लिएको ३ लाख ५० हजारको ब्याज बुझाउन उनलाई धेरै नै समस्या पर्यो । सिर्जनाले जसोतसो गरेर विमलालाई हप्तैपिछे ७० हजार रुपैयाँ बुझाउनु पर्ने देखियो । सो करम उनलाई जुटाउन धेरै नै कठिनाई भयो ।
सो समयमा सिर्जनाका श्रीमान वैदेशिक रोजगारको शिलसिलामा बाहिरी देशमा थिए । तर सिर्जनाले आफूले लिएको ऋण र आफूमा मिटरब्याजमा फसेको कुरा भने श्रीमानलाई जानकारी दिएकी थिइनन् ।
सिर्जनाले जसोतसो गरेर विमलालाई विभिन्न समयमा ६ लाख ८० हजार रुपैयाँ ब्याज दिई सकेकी थिइन् । उनले दिएको उक्त रकम ब्याजमात्र रहेको विमलाले आफूलाई बताएको उनले कालपृष्ठकर्मीसँग बताइन् । उनले भनिन्, ॅमइले ६ लाख ८० हजार रुपैयाँ दिँदासमेत मेरो सावाँ घटेको रहेनछ । अझ विमलाले तिम्रो सावाँ १३ लाख पुगिसक्यो भनेर दिनरात टर्चर गर्न सुरु गरिन ।’
आफूले लिएको सावाँको दोब्बर रकम दिँदासमेत सावा नघटेर झन सावाँ बढेको भन्दै विमलाले सिर्जनामाथि मानसिक दबाब दिन थालेपछि सिर्जनाले विमलालाई आफ्नो हस्ताक्षर गरेको एसविआई बैंकको चेक दिएको बताउँछिन् ।
त्यसपश्चात सिर्जनाले विमलालाई अर्को चक्रब्युमा फसाइन, त्यो थियो सिर्जनाको आफ्नै नाममा रहेको जग्गाको आफैं ऋणि । सिर्जनाले आफू फसेको पनि थाहा पाइनन् ।
ॅदिनरात म र्मछु । तिमीहरुलाई आरोप लगाउँछु भन्ने । दिनको हैरान गर्थिन्,’ सिर्जनाले भनिन् ।
त्यसपछि सिर्जनाले अर्को गल्ती गर्न पुगिन । उनले आफ्नै नाममा रहेको १२ धुर जग्गा मासिक ३ प्रतिशत ब्याजमा १६ लाखमा बन्धक राखिन र आफैं ऋणि बनिन् । ॅखै सर त्यो पैसा कालो थियो की गोरो मैले थाहै पाइन् । विमलाले आफैं मेरो जग्गा १६ लाखमा बन्धक राखेकी थिई । १ लाख मलाई दिई र बाँकी १५ लाख आफैंले लिई । ऋणि पनि म आफैंलाई बनाई,’ सिर्जनाले कालपृष्ठकर्मीसँग भनिन् ।
यहाँसम्म सिर्जनाले विमलासँग लिएको ३ लाख ५० हजार रुपैयाँको सट्टा २१ लाख ८० हजार रुपैयाँ दिई सकेकी थिई । तर यो घटना अझै रोकिएन् । सिर्जनाले विमलालाई दिएको खाली चेक फिर्ता भएको थिएन् । फेरी विमलाले सिर्जनालाई अझै पैसा दिन छ भन्दै माग्न सुरु गरिन् ।
र अब बल्ल नेपाल आएका सिर्जनाका श्रीमानलाई यो विषयमा थाहा भयो । अब सिर्जनालाई अझै तनाब थपियो । एकातिर विमलाले अझै रकम बाँकी रहेको भन्दै मागिरहेकी थिइन् भने अर्को तर्फ उनका श्रीमान उनीसँग सम्बन्ध विच्छेदको प्रक्रियामा अघि बढेका थिए ।
अन्तत दुई वर्षअघिदेखि लुटिँदै आएकी सिर्जनाको घर पनि तहसनहस भयो । साउन १६ गते उनका श्रीमाले उनिसँग सम्बन्ध विच्छेद पनि गरे र असोज २२ गते एसविआई बैंकले उनलाई ३० लाख रुपैयाँको चेक बाउन्स भएको फोन पनि गर्यो । सिर्जनाले विमलालाई दिएको खाली चेकमा उनीहरु आफैंले रकम भरेर चेक बाउन्स गरेको सिर्जना बताउँछिन् ।
हाल सिर्जना एक छोरा र दुई छोरीको साथमा श्रीमानदेखि अलग बसेकी छिन् ।
मिटरब्याजको धन्दामा विमला
विमलाले सिर्जना जस्तै भृकृटीनगरकी अर्की पार्वती थापालाई पनि मिटरब्याजमा फसाएकी छिन् ।
पार्वतीले आफ्नी छोरीलाई वैदेशिक यात्रामा पठाउनका लागि विभिन्न वित्तीय संस्थामा ऋणको लागि आवेदन दिएकी थिइन् । तर उनको पनि अन्तिम अवस्थामा कतैबाट ऋण स्वीकृत नभए पछि उनले विमलाको साहरा लिइन् ।
पार्वतीले २०७८ पुस महिनामा विमलासँग ३ लाख रुपैयाँ दिएको बताउँछिन् । सुरुमा मौखिकरुपमा ५ प्रतिसत व्याजदर विमलासँग पार्वतीले ऋण लिएकी थिइन् । र सो रकमको ब्याज पनि तिर्दै थिइन् । फेरी उनले चैतमा विमलासँग ३ लाख रुपैयाँ लिएको बताउँछिन् । त्यसपछि पार्वती पनि विमलाको मिटरब्याजमा फसिन् ।
विमलाले समयमा ब्याज नदिएको भन्दै ५ प्रतिशत ब्याज रकमलाई २० प्रतिशतसम्म पुर्याएको पार्वतीको भनाइ छ ।
पार्वतीले विमलालाई नगर ६ लाख ६५ हजार रुपैयाँ दिई सकेकी छिन् । सो पश्चात दिनरात विमला सिर्जनालाई जस्तै पार्वतीलाई पनि सताउन सुरु गरिन । पार्वतीको घेर दैनिक आउने झै-झगडा गर्ने आफू मर्छु भन्ने गर्ने गरेको पार्वतीले कालपृष्ठकर्मीलाई बताइन् ।
सोपश्चात उनल पनि सिर्जनाले जस्तै जग्गा बन्धकमा राखेर २० लाख रुपैयाँको ऋणी बनिन् । सो रकम विमलालाई बुझाइन् । अझै पनि विमलाले पार्वतीलाई २७ लाख ऋण बाँकी रहेको बताउँदै आएको उनले बताइन् ।
विमलासँग लिएको ६ लाखको बदलामा पार्वतीले ९ महिनामा २६ लाख ६५ हजार रुपैयाँ दिई सक्दा पनि उनको ऋण सकिएको छैन ।
विमलाले पार्वती र सिर्जना जस्ता दर्जनौं महिलालाई मिटरब्याजमा फसाएको उनीहरु बताउँछन् । उनीहरुका अनुसार खजुरा गाउँपालिका सैनिकका आधा दर्जनभन्दा बढी महिलालाई विमलाले मिटरब्याजमा पैसा दिएका छन् ।
मिटरब्याजमा परिवारको संलग्नता
विमलालाई यसरी मिटरब्याजमा उनका श्रीमानले पनि सघाउने गरेको खुल्न आएको छ । विमलाका श्रीमान बर्दिया जिल्लाको एक सामुदायिक विद्यालयका शिक्षक हुन् । उनी पनि मिटरब्याजमा लागएको पैसा उठाउन हिड्ने गरेका छन् । पार्वती र सिर्जनासँग पैसा उठाउन पनि उनी आउने गरेको पीडकहरु बताउँछन् ।
त्यस्तै विमलाकी नन्द अनु चन्द पनि मिटरब्याजमाा संलग्न छिन् । सिर्जनाले विमलालाई दिएको एसविआई बैंकको खाली चेक अनु चन्दले बाउन्स गरेकी छिन् ।
उदासिन जिल्ला प्रशासन
मिटरब्याजले आजित बनेका सिर्जना र पार्वतीले जिल्ला प्रशासन बाँकेमा छलफलका लागि साउन ३१ गते निवेदन दिएका छन् । सोपश्चात उनीहरु भदौ २२ गतेसम्म जिल्ला प्रशासन धाई सकेको छन् । तर जिल्ला प्रशासनले भने यस विषयमा गम्भिरता नदेखाएको उनीहरुको आरोप छ ।
सिर्जना भन्छिन्, ‘हामीहरु कतिपटक जिल्ला प्रशासन गई सक्यो । तर केही चासो देखाउँदैनन् । बरु जिल्ला प्रहरीले केही चासो देखाएका छन् । तर यस्तो मिटरब्याजी जिल्ला प्रशासनले मात्र हेर्ने रहेछ ।’
यस विषयमा विमलाले सिर्जना र पार्वतीले आफूलाई रकम दिनु पर्ने भन्दै जिल्ला आदालतमा समेत निवेदन दिएको र सिर्जना र पार्वतीका पक्षमा बोल्ने महिलामाथि गाली गलौजको निवदेन दर्ता गर्न खोजेको सिर्जना र पार्वतीले बताए ।
हाल विमला न प्रहरीको सम्पर्कमा छिन् न त प्रशासनको नै सम्पर्कमा छिन् ।
यस किसिमको घटना कुनै नौलो घटना भने होइन् । हाल नेपालगन्जमा मिटरब्याजी ठगीको बिगबिगी बढेको छ । जसमध्ये भृकुटीनगरमा भने यस किसिमको घटना भई रहेका छन् । भृकृटीनगर र सो क्षेत्र आसपास मिटरब्याजी धन्दामा महिलाहरु धेरै नै सक्रिय भएको पाइन्छ ।
click on video
https://fb.watch/fv5XSpYCBW/