ह्युस्टनमा आंखाको उपचाररत शुभारम्भीलाई दिव्याको आर्थिक सहयोग
Wednesday, May 31st, 2017, 4:50 am
amit
अष्टिन (टेक्सास)- टेक्सासको अष्टिन निवासी दिव्या के सी वलीले ह्युस्टनमा आंखाको उपचार गराइरहेकी शुभारम्भी गौतमलाई आर्थिक सहयोग गर्नुहुने भएको छ ।
आंखामा गम्भिर खालको क्यान्सर भएपछि नेपालको पर्वतबाट उपचारको लागी अमेरीकाको ह्युस्टन ल्याइएकी ३ वर्षिया नानी शुभारम्भीलाई दिव्याले उपचार गराइरहेको अस्पतालमा पुगेर मासिक २ सय डलरका दरले ३ महिना सहयोग गर्न लाग्नुभएको हो ।
एउटा आंखा गुमाइसकेकी शुभारम्भीको अर्को आंखाको उपचार गरेर यो संसार देख्ने बनाउन उनका वुवा आमाले नेपालको सबै जायजेथा बिक्री गरेर अमेरीका ल्याएपछि बिभिन्न व्यक्ति र संस्थाको सहयोगमा उपचार चलिरहेको छ । समाचारमा आएपछि सानी नानीलाई सक्दो सहयोग गर्ने सोच बनाएर भौतीक रुपमै अस्पतालमा गएर सक्दो सहयोग गरेको हुं दिव्याले टेलिफोनमा हिमालपाटी संग भन्नुभयो- “सहयोग गर्न पाउंदा खुशी छु र अस्पतालले डिष्चार्ज गरेपछि सेटल नहुंदा सम्म र काम नपाउंदा सम्म मेरो घरमा राख्ने प्रतिबद्धता जनाएको छु ।”
मनकारीको सहयोगले छोरीको आंखाको उपचार अन्तिम चरणमा पुगेपछि शुभारम्भीका वुवाआमा पनि खुशी र उत्साहित भएको आफुलाई बताएको दिव्याले बताउनुभयो । करिब २ महिना अघि नेपालको तिलगंगा अस्पतालले एउटा आंखा सधैंको लागी गुमीसकेको अवस्थामा अर्को आंखाको उपचारको लागी अमेरीका टेक्सासको ह्युस्टन स्थित MD Anderson Cancer Center मा रिफर गरेपछि शुभारम्भीको आंखाको उपचार सम्भव भएको हो ।
ह्युस्टनको नेपाली समाज तथा शुशील भण्डारी लगायतका मनकारी व्यक्तिहरुको जारी सहयोग अनि साथले नै छोरीको उपचार सम्भव भएकोले आफुहरु खुशी भएको शुभारम्भीका वुवाआमाले बताएको दिव्याले बताउनुभयो ।
सानी नानीको उपचारमा सानो सहयोगले पनि केही राहत हुने सोचेर आफु सहयोग गर्न अघि सरेको बताउंदै दिव्याले सबैको सहयोग र साथले शुभारम्भीको आंखाको उपचार अन्तिम चरणमा पुगेकोले अस्पतालमै पुगेर खुशी व्यक्त गरेको बताउनुभयो । अफ्टेरोमा परेकाहरुलाई सक्दो सहयोग गर्दै आउनुभएकी दिव्या एनआरएन अमेरीकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टरको उम्मेद्धार हुनुहुन्छ ।
सहयोग गर्न यो लिंकमा जानुहोस ।
https://www.gofundme.com/treatment-of-child?d=157629526#