समुन्द्रमा डुबेर ज्यान गुमाएका तण्डुकारको अष्टिनमा अन्तिम संस्कार
Thursday, June 8th, 2017, 4:46 am
amit
अष्टिन (टेक्सास)- समुन्द्रमा डुबेर ज्यान गुमाएका सुवोध तण्डुकारको टेक्सासको अष्टिनमा मंगलबार अन्तिम संस्कार गरिएको छ ।
तण्डुकारका आमा वुवा तथा श्रीमतीको उपस्थितीमा उनको अन्तिम संस्कार गरिएको हो । टेक्सासको पर्यटकिय सामुद्रीक तट कर्पस कृष्टिमा साथीहरु संग रमाइलो गर्न गएका बेला डुबेर करिब दुई साता अघि ज्यान गुमाएका अष्टिन निवासी मृतक तण्डुकारको शवलाई ग्रेटर अष्टिन नेपाली सोसाइटीको समन्वयमा अन्तिम संस्कार गरिएको सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले जानकारी दिनुभयो ।
नेपालबाट आएका मृतक तण्डुकारका आमा बुवा, श्रीमती तथा आफन्त र अष्टिनवासी नेपालीहरुको उपस्थितीमा अन्तिम संस्कार गरिएको हो । सो अवसरमा गैर आवासीय नेपाली संघ अमेरीकाका उपाध्यक्ष राम सी पोखरेल, जन सम्पर्क समिती अमेरीकाका उपसभापती सि पी पौडेल, ब्लड डोनर्स एसोसियसन टेक्सासका अध्यक्ष शिव काफ्ले लगायतको सहभागीता रहेको गैटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
अन्तिम संस्कारका अवसरमा तण्डुकार डुब्न लागेका बेला बचाउन खोज्ने प्रत्यक्षदर्शी लियोनार्दो कार्टिनस पनि सहभागी थिए उनले पौडी खेल्ने क्रममा डुबेका अन्य दुई महिलालाई बचाए पनि तण्डुकारलाई बचाउन नसकेकोमा दुख लागेको बताएका थिए ।
करिब दुई वर्ष अघि रोजगारीको शिलशिलामा टेक्सासको अष्टिनमा बस्दै आएका तण्डुकारले गत वर्ष मात्रै नेपाल गएर बिवाह गरेर फर्किएका थिए भने करिब ३ महिना अघि अष्टिनको कायलमा घर किनेका थिए । तण्डुकारको अन्तिम संस्कारको कार्य पण्डित नारायण खकुरेलले गरेको बताइएको छ ।
यसैबीच पिडित तण्डुकार परिवारको राहतका लागी ग्रेटर अष्टिन नेपाली सोसाइटीको पहलमा खोलिएको गो फण्डमा ९ हजार बढि रकम संकलन भएको र गो फण्डले कटाउने शुल्क बाहेकको रकम पिडित परिवारलाई बुझाईने अध्यक्ष न्यौपानेले बताउनुभयो ।