निर्वाचनमा सञ्चार माध्यमको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न
Sunday, November 6th, 2022, 3:07 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा
जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा डोल्पा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुलाई निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक आधा दिवसीय मिडिया अभिमुखिरण कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षीत गरि निर्वाचनमा संचार माध्यमको भुमिका बारे छलफल गरिएको हो ।
कायृक्रममा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले निर्वाचनमा मिडिया र पत्रकारको भुमिका बारे प्रस्ट पारेका थिए । यस्तै जिल्ला निर्वाचन अधिकृत राम बहादुर सार्कीले निर्वाचन र सञ्चार माध्यमको विषयमा जानकारी गराए ।
यस्तै निर्वाचन कार्यालय डोल्पाका कम्यूटर अप्रेटर श्यम कुमार राई(सुमन)ले मित्था सूचना,दस्प्रचार र कुसूचनाको बारेमा स्पस्ट पारेका थिए । निर्वाचनको समयमा कस्ता किसिमका गतिविधि गर्न हुने कस्ता किसिमका काम गन नहुने भन्ने बारेमा पनि प्रस्ट पारिएको छ ।
सूचना र सञ्चारको यूगमा पत्रकारको महत्वपूर्ण भूमिका रहेकोले सत्य तथ्य सुचना प्रकाशन प्रसारण गरि आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई सफल बनाउन पत्रकारहरुलाई जिल्ला अदालत डोल्पाका न्यायधीस तथा मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले आग्रह गर्नुका साथै निर्वाचनको तयारी सवै पुरा भएकोले यसलाई पर्वको रुपमा सम्पन्न गनु पने धारणा राखे ।
भ्रमपूर्ण समाचारले दुन्द सिर्जना हुने भएकोले जिल्लाका सम्पुर्ण निकाय संग समन्वय गरि सत्य तथ्य समाचार प्रकाशन गर्न प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले आग्रह गरे । भौगोलीक हिसाबले ठुलो जिल्ला भएकोले हालको जनशक्ती अनुसार जिल्लामा सुरक्षा व्यवस्था मिलाई सकेकोले मतदातालाई भएरहीत वातावारण आफ्नो गोप्य मतदान गर्न पनि प्रजिअ अधिकारीले आग्रह गरेका थिए ।
डोल्पा जिल्लामा मतादाता शिक्षाको कमीले गर्दा विगतका निर्वाचनहरुमा वारिसे कै कारणले मतदान केन्द्रहरुमा धाधली हुने गरेकोले निर्वाचनको समय भन्दा पनि अन्य समयमा मतदाता शिक्षा अहिलेको आबश्यकता रहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए ।
निर्वाचन हुनु भन्दा पनि केहि दिन अघि मात्र मतदाता शिक्षा दिएर कुनै पनि उपलब्धी नहुने भएकोले हरेक समयमा नागरिकहरुलाई छुट्टै मतदाता शिक्षा दिन आवश्यक रहेको अध्यक्ष बुढाको भनाइ थियो ।
यस्तै विभिन्न मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई पनि कानुन अनुसारको नियम पालना गरेर निर्वाचन गराउन निर्देशन दिन पनि आग्रह गर्नु भयो । कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा आवद्ध पत्रकार,सरकारी कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।