नेपाल–भारत मैत्री संघको नयाँ कार्यसमिति गठन
Sunday, November 6th, 2022, 7:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० कात्तिक
प्रदिप गुप्ताको अध्यक्षमा नेपाल भारत मैत्री संघ बाँकेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । नेपालगन्जमा भएको संघको मैत्री सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । मैत्री संघ बाँकेको सदस्यमा तोजेन्द्र विक, सुनिल भण्डारी, बिन्दु चर्तीमगर, सुनिल सिंघल, अजय केसी, तुशार साह, राम लखन बैश्य, डा. पंकज गुप्ता, सुरेन्द्र गुप्ता बर्नवाल, तारा रोकाय, सन्तोष वैश्य, बृजेश बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् ।
नेपालगन्जको सुनाखरी कटेजमा भएको मैत्री सभामा प्रमुख अतिथिको रुपमा नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल भारत मैत्री संघको केन्द्रिय वरिष्ट उपाध्यक्ष शुस्मा शर्मा, संघका केन्द्रिय सल्लाहाकार रतन टण्डन, केन्द्रिय सदस्य अमर खड्का, धुव्र दाहाल लगायतको उपस्थित रहेको थियो ।
नेपाल भारतबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले मैत्री संघले महत्वपुर्ण भुमिका खेल्दै आएको निर्विरोध निर्वाचित सदस्य तोजेन्द्र विकले बताए ।
नेपाल र भारतबिचको सम्बन्धलाई बलियो बनाउँदैं दुबै देशको भाषा, संस्कृतिको विकास गर्न संघले विभिन्न कार्यक्रम गर्दै आएको निर्वाचित सदस्य सुनिल भण्डारीले बताए ।