चुनावमा पार्टीविरुद्ध लाग्ने कंग्रेसका ७६ नेता–कार्यकर्ता निष्काशित
Wednesday, November 9th, 2022, 9:34 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २२ कात्तिक
सत्तारुढ नेपाली कंग्रेसले आगामी निर्वाचनमा पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिएका केन्द्रिय सदस्य, पूर्व सांसद तथा जिल्ला सभापति लगायत झण्डै ६ दर्जन भन्दा बढी नेता कार्यकर्तालाई ५ बर्षका लागि निष्काशन गरेको छ । निष्काशित हुनेमा विभिन्न जिल्लाका गरी ७६ जना छन् ।
पार्टीबाट निष्काशन हुनेमा चितवन तीनमा स्वतन्त्र उम्मेदवारी दिएर एमालेको समर्थन पाएका केन्द्रिय सदस्य दिनेश कोइराला, सर्लाहीका पूर्व अमरेश सिंह, कास्कीका पुराना कंग्रेस नेता महादेव गुरुङ लगायत नेता कार्यकर्ता छन् । कंग्रेसबाट निष्काशित हुनेमा क्षेत्र नं १ बर्दियाका क्षेत्रीय प्रतिनिधि सुवास पोखरेल, सल्यानका महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्यमन्त्री राजेन्द्रबहादुर शाह, जुम्लाका देवेन्द्र शाही, धनबहादुर वस्नेत समेत छन् । सुदुरपश्चिमका पनि थुप्रै नेता कार्यकर्ता कारवाहीमा परेका छन् ।
हर्कजंगबहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्गका गणेश भण्डारी, डोटीका नरेन्द्रबहादुर खड्का, अछामका राजन कुँवर, चन्द्रप्रसाद ढुंगाना, नृप विष्ट, बैतडीका केशववहादुर चन्द, हरिमोहन भण्डारी, कंञ्चनपुरका गिरिराज पाण्डे, दिपकवहादुर सिंह, गोपालसिंह बुढा, पिताम्वर जोशी, शारदा चन्द, दुर्गादत्त पाण्डे, मदन नेपाल, कैलालीका भरतकुमार शाही, गोविन्दराज जोशी, लक्ष्मण शाही,क्षितिज भण्डारी पनि निष्काशनमा परेको नेपाली कंग्रेसले जनाएको छ । उनीहरुलाई सदस्य समेत नरहने गरी कारवाही गरिएको कंग्रेसले जनाएको छ । आनन्द ढुंगाना संयोजक रहेको केन्द्रिय अनुशासन समितिले कारवाहीमा परेका नेता–कार्यकर्ताको सूचि सार्वजनिक गरेको हो ।