ग्यान्स पाठशालाको समर कक्षा शनिबार देखी
Friday, June 9th, 2017, 5:27 am
amit
अष्टिन (टेक्सास)- ग्यान्स नेपाली पाठशालाको शमर कक्षाहरु यही १० तारिख शनिबार देखी शुरु हुने भएको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) ले हरेक सिजनमा नेपाली पाठशाला संचालन गरिरहेकोमा समर कक्षा यही १० तारिख देखी शुरु गर्न लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले जानकारी दिनुभयो ।
अध्यक्ष न्यौपानेका अनुसार आउंदो शनिबार १० तारिख दिउंसो ३ बजे देखी ५ बजे सम्म अस्टिन स्थित एसियन अमेरीकन रिसोर्स सेन्टरमा नेपाली पाठशालाको शुरु गरिने छ । नेपाली भाषा, संस्कृति र संस्कारबारे सिकाउन ग्यान्सले नेपाली पाठशाला संचालन गरिरहेको छ । नेपाली पाठशालामा आफ्ना बालवालिकालाई भर्ना गर्न पनि ग्यान्सले सबैमा आग्रह गरेको जसको लागी २० डलर खर्चिनुपर्नेछ ।
भर्नाका लागि प्रदुम्न श्रेष्ठ लाई (737) 932-1811 सुदिप दाहाललाई (512) 909-4583 मा या धर्मानन्द गौतमलाई (512) 954-7259 मा सम्पर्क या बच्चाको नाम र उमेर टेक्स मेसेज गर्न आग्रह गरिएको छ । समर कक्षा हरेक शनिबार संचालन गरिने अध्यक्ष न्यौपानेले बताउनुभयो ।
यसैबीच नेपाली पाठशाला संगै ग्यान्सले नृत्य कक्षा पनि संचालन गर्ने भएको छ । यही जुन १२ तारिख देखी हरेक सोमबार र मंगलबार एसियन अमेरीकन रिसोर्स सेन्टर दिउंसो १ देखी ३ तथा ३ देखी ५ बजे सम्म अलग अलग ग्रुपमा नृत्य कक्षा संचालन हुने बताइएको छ । नृत्य कक्षामा सहभागीताका लागी कृषा श्रेष्ठ लाई (512) 426-8769 मा सम्पर्क गर्न सकिने बताइएको छ ।
यस्तै नेपाली पाठशाला तथा नृत्य कक्षाका लागी स्वयमसेवकको आवश्यकता रहेकोले इच्छुकले सम्पर्क गरेर सहयोग गर्न आग्रह गरिएको छ ।