डुडुवाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमाा पारित, सात सय मेटिक टन क्षमताको कोल्ड स्टोर निर्माण गरिने
Tuesday, December 20th, 2022, 6:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, ५ पुष
डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सर्वसम्मत रुपमा पारित गरेको हो ।
सोमबार प्रस्तुत भएको निति कार्यक्रम र बजेटमाथी आज बसेको पुनः बैठकमा छलफल गरि सर्बसम्मत रुपमा पारित भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका १८ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधी भाषा र उर्दु भाषाको संरक्षण र संम्बद्र्धन, एस.ई.ई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा रयाफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद एवं गुरुद्वाराहरुको संरक्षण, मर्मतसंभार तथा पुर्ननिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
यसैगरि ’ग’ र ’घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई नियमित सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐन बमोजिम कार्यप्रक्रिया अगाडी बढाउने, बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिक वडा नं –६ महाउत टोलमा सात सय मेटिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आ.व. मै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाईनेछ ।
कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण, उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान, नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि गर्ने लगायत रहेको छ । सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७९ प्रस्तुत गरेका थिए । सोमबार प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथी आज थप छलफल गरि सर्बसम्मत रुपमा पारित गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।