भेरी सहकारीको २७औं बार्षिक साधारणसभा समापन
Saturday, December 24th, 2022, 9:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ पुष
भेरी सहकारी वित्तीय संस्था लिमीटेड नेपालगन्जले आफ्नो २७औं बार्षिक साधारणसभा तथा निर्णय एकिकरण एंवम समापन समारोह कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्जमा अवस्थित आफ्नै भवनमा आयोजित एक कार्यक्रमका विच सो सहकारीले २७औं बार्षिक साधारणसभा तथा निर्णय एकिकरण एंवम समापन समारोह कार्यक्रम सम्पन्न गरेको हो ।
सहकारीले गत मंसिर २४ गते कोहलपुर र पुष २ गते नेपालगन्जमा गरि २ ठाँउमा गरिएका निर्णयहरु शनिबार सर्वसम्मत रुपमा पारित गरेको छ ।
शनिबार सम्पन्न सो बन्दसत्रबाट संचालक समितिको तर्फबाट अध्यक्ष पदम बहादुर भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजक अमृत थापा क्षेत्रीको प्रतिवेदन, संस्थाका सचिववाट आ.ब.०८०÷०८१ को प्रस्तावित वजेट एंवम कार्य योजना, लाभाँस वितरण, आ.व.०७९÷०८० को लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण र २०७८ श्रावण देखि २०७९ असार मसान्त सम्म संचालक समिती तथा उपसमितीबाट भए गरेका निर्णयहरु सर्वसम्मत रुपमा पारित भएको छ ।
सोहि बन्दसत्रले मिन बहादुर सिंहको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । सो कार्यक्रममा नियमित बचतकर्ता तर्फ कला देबि ढकाल र देवलाल गिरि तथा उत्कृष्ट कर्जा कारोबार तर्फ गोमा चन्द र जित बहादुर रावत क्षेत्रीलाई सम्मान समेत गरिएको थियो ।

……….

…………

…………..

…………..