मानसिक उपचारबारे नेपालगन्जमा तालिम
Sunday, December 25th, 2022, 7:53 pm
Kalpristha
कालपृष्ठ समाचारदात
नेपालगन्ज, १० पुष
नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दो क्रममा छ । समाजमा बढ्दै गएको समस्याको रुपमा देखिएको मानसिक रोगको न्युनिकरणमा सहयोग गर्ने उद्देश्य सहित मानसिक स्वास्थ्य प्राथमिक उपचार÷पहिलो सहजकर्ता तालिम नेपालगन्जमा सुरु भएको छ । स्थानीय स्तरमा सहजकर्ताको रुपमा काम गर्ने जनशंक्ति उत्पादन गर्ने योजना सहित तालिमको सुरुआत गरिएको हो ।

………….
ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजना र अमेरिकन हिमालयन फाउण्डेशनको सहयोगमा नेपालगन्जमा सुरु भएको चलिरहेको छ । नेपालगन्जको दरबार होटलमा पुष देखि ९ देखि सुरु भएको तालिम पुष १२ गते सम्म चल्नेछ ।
तालिममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर जिल्लाका गरी २४ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमका सहभागिलाई ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठीको कार्यकारी निर्देशक एवम् जन स्वास्थ्य विद डा. अरुणा उप्रेती, आकार फाउण्डेशनको तर्फबाट आशिषा थापा र सुदिक्षा आचार्यले प्रशिक्षण दिइरहेकी छिन् ।
ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी लुम्बिनी प्रदेश संयोजक आयुश ढकालका अनुसार संस्थाले नेपालका १८ जिल्लामा शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठीले विशेष गरी जोखिममा पर्न सक्ने छोरीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्ने, बालविवाह न्युनिकरण, मानव बेचविखन, महिला हिंसा, असुरक्षित बसाई–सराई रोक्न लगायतका क्षेत्रमा काम गर्ने गरेको प्रदेश संयोजक ढकालले कालपृष्ठ दैनिकलाई बताए ।
ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठीले बाँकेका २५ सामुदायिक विद्यालयका ४ सय ९६ विद्यार्थीलाई सहयोग गरिसकेको छ । बाँकेमा गुठीले कोहलपुर नगरपालिका, नेपालगन्ज उप–महानगरपालिका, राप्तीसोनारी, खजुरा र बैजनाथ गाउँपालिकामा काम गर्दै आएको छ । तालिममा मानसिक रोगका कारणहरु, यसलाई न्युनिकरण गर्न समुदायमा युवाहरुको भुमिका लगायतका बारेमा सिकाईने गरिएको ढकालले बताए ।
आइतबार तालिममा बाँकेका अगुवा पत्रकारहरुले मानसिक रोगको बारेमा अनुभव र यसलाई रोक्नका लागि मिडियाले खेल्ने भुमिकाको बारेमा आफना अनुभव सुनाएका थिए ।